Saturday 24th August 2019

वालिङ महोत्सव स्याङ्जालीको साझा मञ्च : अध्यक्ष एवं संयोजक पौडेल

यही माघ १७ गते विहिबारदेखि शुरु हुने सातौँ वालिङ महोत्सवको आगमनसंगै यति बेला वालिङमा फरक किसिमको रौनक देखिएको छ । स्याङ्जा जिल्लामा रहेको मध्यमागमा अवस्थित वालिङमा प्रत्येक २÷२ वर्षको अन्तरालमा वालिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्ने गरेको छ । यसपटक भने स्थानीय सरकार आएपछिको पहिलो महोत्सवमा वालिङ नगरपालिका समेत आयोजक बन्दै संघलाई हुलका पार्ने प्रयास गरेको छ ।

यसैबीचमा संघका अध्यक्ष एवं महोत्सव आयोजक मूल समिति संयोजक शोभाकान्त पौडेलसंग सातौँ वालिङ महोत्सवको अन्तिम तयारीका बारेमा कालीगण्डकी खबरकर्मी कला राना सँग गर्नुभएको कुराकानी प्रस्तुत छ :-

१. अध्यक्ष ज्यू, आरामै हुनुहुन्छ ?
आरामै छु, स्याङ्जाकै पहिचानको रुपमा रहेको महोत्सवको अन्तिम तयारीमा जुटेका छौँ । महोत्सव सफलताका लागी गठित ३२ उपसमितिहरु अहोरात्र तयारीमा खटिरहनुभएको छ । यहाँका स्थानीयबासी समेत महोत्सव हेर्ने बेग्र प्रतिक्षामा हुनुहुन्छ ।

२. महोत्सवको संघारमा छौँ हामी, तयारीका विषयमा जानकारी गराईदिनुस न् ?
सर्वप्रथम त, धन्यवाद प्रश्नको लागी यहाँको यो मिडिया मार्फत महोत्सव विषयमा केहि कुरा राख्ने अवसर प्रदान गर्नुभएकोमा । २०५४ सालमा यहाँका उद्योगी, व्यापारीहरुको संस्थाको रुपमा वालिङ उद्योग वाणिज्य संघको रुपमा जन्म भएको थियो । संघले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै यहाँको उद्योग, व्यापार, र पर्यटनको विकास गर्दै समृद्ध वालिङ बनाउने र वालिङलाई राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरमा चिनाउने उद्देश्यका साथ विगतका वर्षदेखि नै महोत्सवको आयोजना गरिएको छ ।

संघले पहिलो महोत्सव २०६३ सालमा आयोजना गर्दै ष्सअगाडि ६ वटा महोत्सव सफलतापुर्वक सम्पन्न गरिसकेको सबैलाई सर्वविविधै छ । संघ यो समयमा पनि सातौँ वालिङ महोत्सवलाई नै केन्द्रमा राखेर काम गरेको छ । हामी अन्तिम तयारीमा छौँ । महोत्सव प्रचारप्रसार तथा छिमेकी जिल्ला एवं प्रदेशलाई निम्ता गर्नका लागी पोखरामा समेत पत्रकार सम्मेलन ग¥यौँ । वालिङ महोत्सव स्याङ्जालीको साझा मञ्चको रुपमा अगाडि बढेको साथै स्याङ्जा जिल्लामा एकै पटक एकै ठाउँमा धेरै भन्दा धेरै व्यक्तिहरु जम्मा हुने थलोको रुपमा विकास भएको छ । यो सातौँ महोत्सव पनि साझा मञ्चको रुपमा रहने र स्याङ्जाको समग्र उद्योग, विकास, पर्यटन र व्यापारीक प्रर्वद्धनका लागी मेलाले सघाउ पु¥याउनेछ ।

३. सातौ वालिङ महोत्सवमा कुन कुन क्षेत्रबाट सहभागिता जनाउँदैछन् त ?
विगतका वर्षहरुमा संघ एक्लैले महोत्सवको आयोजना गरेतापनि यसपटक भने हामीले स्थानीय सरकार समेत पाएका छौँ, मेरो भनाई सातौँ वालिङ महोत्सवको आयोजकको रुपमा वालिङ नगरपालिका समेत उभिएको छ । निजि क्षेत्रले गर्दै आईरहेको महोत्सवलाई सरकारले समेत हातेमालो गर्दा हामी निकै भाग्यमानी ठानेका छौँ । आर्थिक समृद्धिका लागी निजि र सरकारी क्षेत्र संगसंगै हुनुपर्छ । साथै यहाँका सम्पुर्ण समाजिक संघसंस्था, क्लब, आमा समुह, वित्तिय संस्था, मिडियालगायत सम्पुर्ण स्थानीयको सहभागिता रहेको छ ।

४. महोत्सव त, पछिल्लो समय हरेक पालिकामा आयोजना गर्न थालिए, सातौँ वालिङ महोत्सवममा केका लागी दर्शक आउने त ?
तपाँईको कुरा एकदमै सही छ, पछिल्लो समय विभिन्न संघसंस्थाले समेत बाक्लै रुपमा महोत्सवको आयोजना गर्न थालेको अवस्था छ तर वालिङ महोत्सवले दर्शकको मस्तिष्कमा भिन्न प्रकारले छाप छाडेको छ । धार्मिक ऐतिहासिक महत्व रहेको आँधीखोलाको तिरमा महोत्सव स्थल रहनु पनि हाम्रो लागी विषेश हो । हामीले कृत्रिम ताल निर्माण गरेका छौँ आँधीखोलालाई थुनेर, धार्मिक महत्व रहेको आँधीखोलमा जलयात्राको अवसर मिलाईएको छ । स्याङ्जामा रहेका ऐतिहासिक तथा धार्मिक महत्वका धार्मिक स्थल तथा पर्यटकीय स्थलहरुको अवलोकनको व्यवस्था गरिएको छ । अन्तराष्ट्रिय साहसिक प्याराग्लाईडिङ प्रतियोगिता समेत सम्पन्न गरेको स्याङ्जा वालिङमा प्याराग्लाईडिङका माध्यमबाट महोत्सवको अवलोकन गर्न सकिन्छ । सुन्तला र कफिको रुपमा चिनिएको स्याङ्जामा यसको व्यापार तथा कृषिविशेषज्ञबीचमा अन्र्तक्रियात्मक कार्यक्रम रहेको छ । नृत्यका पारखीहरुलाई मध्यनजर गर्दै स्याङ्जा डान्स आईडल छ, युवावर्गलाई लक्षित गर्दै सर्वाधिक राशीको भलिबल प्रतियोगिता समेत राखिएको छ । महिलाहरुको लागी सांस्कृतिक रत्यौली गीत प्रतियोगितालगायत धेरै नयाँ स्वाद मिल्नेछ दर्शकलाई महोत्सवमा ।

५.अन्यमा पाठकलाई के भन्न चाहानुहुन्छ ?
वालिङ महोत्सवमा बालक, बयस्क र बृद्धहरुलाई लक्षित गर्दै विभिन्न ईभेन्टहरु आयोजना गरिएको छ । प्रदेशकै विषेश महोत्सव भन्छु म, यस महोत्सवलाई सबैलाई चुलै निम्तो गर्छु, एक पटक वालिङ महोत्सवमा अवलोकन गर्ने अवसर मिलाउनुस, तपाईको मस्तिष्कमा भिन्न खालको छाप महोत्सवले छाड्नेछ । यही माघ १७ देखि २८ गतेसम्म वालिङ खेलमैदानमा महोत्सवको आयोजना गरिएको छ । सके पुरै दिन नसके एक दिन वालिङ खेलमैदानमा यहाँहरुले पाईला टेक्नुहुनेछ मेरो विश्वास पनि छ, धन्यवाद ।

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology