Sunday 25th August 2019

“जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक छ”

कञ्चनपुर : जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक रहेकोमा जोड दिइएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको आयोजनामा झलारीमा बिहीबार मनाइएको ५४औँ अन्तर्राराष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवसका सहभागीले जोड दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशका वन, वातावरण, पर्यटन तथा उद्योग राज्यमन्त्री प्रकाश रावलले भित्री हृदयबाटै जातीय छुवाछुत गर्ने छैन भनेर सबैले प्रण गरे मात्रै दलित समुदायमाथिको जातीय उत्पीडन हट्ने बताउनुभयो । समाजको उन्नति र प्रगतिको बाधक जातीय विभेद हो भन्दै उहाँले उच्च शिक्षासम्म दलित समुदायका बालबालिकाका लागि निःशुल्क शिक्षा र रोजगारका अवसर प्रदान गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । दलित समुदायलाई समाजमा रुपान्तरण गर्न र कुप्रथाको जालो च्यात्न प्रदेश सरकारले कानून निर्माण गरिरहेको उहाँको भनाइ थियो ।

नगरपालिका प्रमुख दिलबहादुर ऐरले संविधानतः सबै जातजाति समान भएकाले जातीय विभेद गरिए कानूनअनुसार विभेद गर्नेलाई कानूनी दायरामा ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो ।

पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्म आइपुग्दा कागजी रूपमा जातीय विभेद अन्त्य भएको घोषणा गरिए पनि व्यवहारमा लागू नहँुदा दलित समुदायमाथिको छुवाछुत नहटेको दलित अगुवा नरबहादुर विकले बताउनुभयो । “दलित समुदायलाई अझै पनि मन्दिर प्रवेश गर्न र घर प्रवेशमा निषेध गरिँदै आएको छ । कथित उपल्लो जातका व्यक्तिलाई छोइहाले छोइछिटो गर्ने चलन यद्यपि कायमै रहेको छ”, उहाँले भन्नुभयो ।

जातीय विभेदको मुद्दा भूमिसँग जोडिएकाले अव्यवस्थित बसोबासको समस्या समाधानका लागि तत्काल कार्य अगाडि बढाइनुपर्ने राष्ट्रिय हलिया महासङ्घका अध्यक्ष ईश्वर सुनारले बताउनुभयो ।

“विश्वविद्यालयमा पढ्ने विद्यार्थीदेखि सांसदसम्मले डेरा खोज्दा जात सोधिन्छ, दलित भएकै कारण डेरासमेत पाइँदैन”, राजुराम भुलले प्रश्न गर्नुभयो, “यो भन्दा जातीय विभेदको अर्को विडम्बना के हुनसक्छ रु” गैसस प्रतिनिधि नरेश सिलालले जातीय विभेद र छुवाछुत हटाउन सबैको प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो । “मनदेखिनै जातीय विभेद गर्दैनौँ भनेपछि आफँै हट्छ, यसका लागि प्रण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

हतियार बुझाउनेलाई कारवाही नहुने

कानूनबमोजिम लिनुपर्ने इजाजत नलिई घरमा राखिएका अवैध हातहतियार र खरखजाना प्रहरी कार्यालयमा बुझाउनेलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारवाही नगर्ने भएको छ । कानूनबमोजिम लिनुपर्ने इजाजत नलिई, इजाजतपत्र नवीकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्युपश्चात हकवालाको नाममा नामसारी नगराई राखेका हातहतियार र खरखजना ३५ दिनभित्र बुझाउनेलाई कारवाही नहुने भएको हो ।

अवैध हातहतियार र खरखजाना नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा तोकिएको समयसीमाभित्र बुझाउन आएमा कुनै कारवाही नहुने प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो । “इजाजतप्राप्त नगरी आफूसँग रहेका हातहतियार र खरखजाना तोकिएको समयभित्र स्वेच्छाले नबुझाएमा त्यस्ता व्यक्तिउपर प्रचलित कानूनबमोजिम कारवाही हुन्छ”, उहाँले भन्नुभयो ।

Space for Ads 1200px * 150px
जन्मदिनको अवसरमा वृक्षरोपण गरौंः कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जन्मदिनको अवसरमा वृक्षरोपण...

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

बुटवल : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले...

फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ : राष्ट्रपति ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक...

तनहुँ स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

दमौली : सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण...

गल्याङ एफएमको साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न

गल्याङ : स्याङजाको गल्याङ नगरपालिका – ११ मा अवस्थित गल्याङ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

चापाकोटमा रुखले च्यापिएर महिलाको मृत्यु

चापाकोट : स्याङजाको चापाकोटमा  रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology