Saturday 24th August 2019

जनप्रतिनिधिलाई मानवाधिकार अभिमुखीकरण कार्यक्रम

दमौली : राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा तनहुँको भानु नगरपालिकामा स्थानीय जनप्रतिनिधिलाई बुधबार मानवाधिकार अभिमुखीकरण सञ्चालन गरिएको छ ।

कार्यक्रममा आयोगका मानवाधिकार अधिकृत टङ्कप्रसाद खनालले स्थानीय तहमा विवाद समाधान र मेलमिलाप तथा मानवाधिकारमैत्री वातावरणका सवालमा सहजीकरण गर्दै स्थानीय तहलाई न्यायिक कार्यविधिअनुरुप विवाद समाधान गर्नका लागि आग्रह गर्नुभयो । उहाँले स्थानीय तहबाट मानवाधिकारमैत्री वातावरणमा न्याय सम्पादन गर्दै विकासमा मानवाधिकार पद्धति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोगका मानवाधिकार अधिकृत ज्योतिप्रसाद घिमिरेले मानवाधिकार र मानवाधिकार आयोगको काम, कर्तव्य र अधिकारका बारेमा सहजीकरण गर्नुभएको थियो । नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक आशा थापाले विवाद समाधान गर्ने क्रममा कानुनी जटिलता रहेको बताउँदै लामो समयदेखि कानूनी सल्लाहकारको अभावमा समितिबाट न्याय सम्पादनमा कठिनाइ भएको बताउनुभयो । उहाँले मानवाधिकार र कानूनका सवालमा आयोगसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी वडाध्यक्ष तथा सदस्यले मानवाधिकारको सवाललाई स्थानीयस्तरबाटै सम्बोधन गर्नुपर्ने तथा टोल समुदायमा मानवाधिकारसम्बन्धी सचेतना पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले नगरपालिकाभित्रमा बालविवाह, महिला हिंसा, सम्बन्धविच्छेद, बालश्रमलगायतका समस्या बढ्दै गएको भन्दै सम्पूर्ण सरोकारवाला निकायबाट यसको न्यूनीकरणमा आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

‘मुख्यमन्त्री नमूना गाउँ’ मा घरबास

मुख्यमन्त्री नमूना कृषिगाउँको रुपमा छनोट भएको तनहुँको भानु नगरपालिका–११ बाँसखर्कमा घरबास भवन निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको घरबास (होमस्टे) प्रवद्र्धन कार्यक्रमअन्तर्गत बाँसखर्कमा होमस्टेका लागि भवन निर्माण शुरु भएको हो ।

बाँसखर्क सामुदायिक होमस्टे व्यवस्थापन समितिअन्तर्गत पहिलो चरणमा पाँच होमस्टे भवन निर्माण हुनलागेको समितिका अध्यक्ष यम गुरुङले जानकारी दिनुभयो । मन्त्रालयले होमस्टे प्रवद्र्धन कार्यक्रमका लागि प्रतिहोमस्टे रु १० लाखका दरले अनुदान दिएको छ । सोही रकममध्येबाट पहिलो चरणमा पाँच होमस्टे भवन निर्माण थालिएको छ । समितिले डिभिजन वन कार्यालय तनहुँसँग अनुदानका लागि सम्झौता गरिसकेको र कार्यालयले पहिलो किस्तावापतको रु तीन लाख समितिलाई उपलब्ध गराइसकेको छ ।

कूल ७२ घरधुरी रहेको बाँसखर्कमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ कार्यक्रमसमेत शुरु हुँदैछ । नमूना गाउँको रुपमा विकास गर्ने उद्देश्यसहित होमस्टे निर्माण थालिएको गुरुङले बताउनुभयो ।

वातावरणमैत्री उद्यान निर्माणका लागि अध्ययन

तनहुँको भिमाद नगरपालिका–९ स्थित मोहोरियामा निर्माण हुने वातावरणमैत्री उद्यानको सम्भाव्यता अध्ययन गरिएको छ । डिभिजन वन कार्यालय तनहुँको वन उद्यान निर्माण कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको उद्यानको काठमाडौँस्थित एशियन सेन्टर फर डेभलपमेण्टले सम्भाव्यता अध्ययन गरेको हो ।

सम्भाव्यता अध्ययन प्रतिवेदन डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको छ । उद्यान निर्माणका लागि चालू आर्थिक वर्षमा रु १५ लाख विनियोजन भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय तनहुँले समेत उक्त ठाउँको स्थलगत अवलोकन गरी वातावरणमैत्री उद्यान निर्माणका लागि उपयुक्त रहेको ठहर गरेको छ । गण्डकी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय वन निर्देशनालयका निर्देशक प्रकाश लम्साल, डिभिजन वन कार्यालयका प्रमुख बराल, सहायक वन अधिकृत बाबुराम उप्रेती, वडाध्यक्ष इमान थापालगायतको टोलीले केही दिनअघि उक्त ठाउँको अवलोकन गरेको थियो ।

सोही ठाउँमा सूचना केन्द्रसमेत निर्माण गरिने भएको छ । सूचना केन्द्रमा यस ठाउँ वरपर पाइने जडीबुटी सङ्कलन गरी प्रदर्शनीमा राखिने भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले जानकारी दिनुभयो । साथै वन कार्यालयले २०० रोपनी क्षेत्रफलमा जडीबुटीको नर्सरी स्थापना गर्ने तयारी गरेको छ । नर्सरीमा ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस ठाउँमा रहेको चुच्चेढुङ्गाको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने लक्ष्यसहित वातावरणमैत्री उद्यान निर्माण गर्न लागिएको वडाध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “चुच्चो परेको ढुङ्गा निकै आकर्षक छ, यसको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सकिए यस ठाउँको विकासमा टेवा मिल्नेछ ।”

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology