Saturday 24th August 2019

कर्णाली सरकारले दियो किसानलाई भैँसी

सुर्खेत : कर्णाली प्रदेश सरकारले व्यावसायिक किसानलाई भैँसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यावसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैँसी वितरण गरेको हो ।

मन्त्रालयले आज बराहताल गाउँपालिका–१० ओदानतालका ४० कृषकलाई एक÷एक वटा भैँसी हस्तान्तरण गरेको हो । कृषकमा आधारित भैँसीपालन व्यवसाय कार्यक्रमअन्तर्गत सुर्खेतका कृषकलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुर्खेतको सहजीकरणमा भैँसी हस्तान्तरण गरिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जनज्योति कृषि तथा पशु सहकारी संस्था ओदानतालका सदस्यलाई भैँसी हस्तान्तरण गर्नुभयो । सहकारीका अध्यक्ष ईश्वरभक्त सुनारले प्रदेश सरकारको रु ५० लाख, कृषकको रु १० लाख, गाउँपालिकाको रु पाँच लाख र लागत सहभागिताको रु पाँच लाख गरी रु ७० लाखमा भैँसी खरीद गरेर वितरण गरिएको जानकारी दिनुभयो ।

भैँसी कैलालीबाट खरीद गरी ल्याइएको हो । सहकारीले खरीद गरेका ती भैँसी किसानलाई गोलाप्रथामार्फत छनोट गरिएको थियो । सहकारीका अध्यक्ष सुनारका अनुसार १५ भैँसी दुहुना छन् । वितरण गरिएका भैँसीको सहकारीले बीमा गरिदिएको छ । भैँसी वितरण कार्यक्रममा मन्त्री केसीले किसानको आयआर्जनमा वृद्धि गर्न प्रदेश सरकारले आगामी वर्ष पनि यस्ता कार्यक्रमलार्य निरन्तरता दिने बताउनुभयो ।

“भैँसीको स्रोत केन्द्रका रुपमा सुर्खेतलाई विकास गर्नुपर्छ, यसका लागि किसानले व्यावसायिक घाँस खेतीमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो, “आगामी वर्षको बजेट किसानमुखी भएर बजेटको विनियोजन गरिनेछ ।” सरकारले कृषिमा दिने अनुदान दुरुपयोग नगर्न आग्रह गर्दै भन्नुभयो, “भैँसीपालन गरेर आयआर्जन गर्नुस् तर अनुदानमा पाएका भैँसीलाई बिक्री नगर्नुस् ।”

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology