Saturday 24th August 2019

देशमा आइटी पार्क निर्माण गर्ने : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट बनाउनका लागि आइटी पार्क निर्माण गर्ने बताउनुभएको छ ।

आइसिटी मिडियाद्वारा आज यहाँ आयोजित स्टार्टअप एण्ड इनोभिएशन दुई दिने मेलाको उद्घाटन गर्दै उहाँले सूचनाको प्रविधिको प्रयोग गरी प्रदेशमा सुशासन कायम गर्नुका साथै स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी क्षेत्रमा ठूलो अवसर सिर्जना गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले आयोजना गर्ने बहुराष्ट्रिय सूचना प्रविधि सम्मेलनका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गर्दै यसको माध्यमबाट प्रदेशको समूचित विकासमा सहयोग पुगी समृद्ध कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रदेशको आवधिक योजना तयार गर्ने कार्य अन्तिम चरणमा पुगको र नीति तथा बजेटमा सूचना प्रविधिको प्रयोगमा जोड दिएको उल्लेख गर्दै डिजिटल प्रदेश बनाउने कार्यको शुरुवात आगामी आर्थिक वर्षदेखि शुरु हुने जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले रोजगारी, उत्पादनमूलक क्षेत्रमा आगामी बजेट खर्च गर्ने बताउँदै सूचना प्रविधिलाई विद्यालयस्तरबाट शिक्षामा जोडी १० वर्षभित्र प्रदेशबाट कोही विदेशमा श्रम बेच्न जानु नपर्ने अवस्थामा सिर्जना गरिनेछ भन्नुभयो ।

आसिटी मिडियाका अध्यक्ष राजन लम्साल, क्यानका सन्तोष दाहाल, प्रविन कुण्डलिया, निर्मल थापा, हरि अधिकारी, पुसेट कलेजका मनोज साह, प्याब्सनका प्रेमलाल साह र नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेलले उत्तर–दक्षिण बाटोको सुविधा, पर्यटन पूर्वाधार निर्माण र जलविद्युत् उत्पादनमा ध्यान केन्द्रीत गरेमा रोजगारी र आर्थिक समृद्ध कायम हुने विचार व्यक्त गर्नुभयो ।

स्टार्टअप र स्थानीय उद्यमशीलतालाई स्थानीयस्तरमा प्रवद्र्धन गर्नु मेलाको उद्देश्य रहेको छ । मेलामा सूचना प्रविधिसम्बन्धी ५० वटा स्टलमा विभिन्न विषयमा प्रयोगात्मक रुपमा जानकारी प्रदान गरिएको छ ।

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology