Saturday 24th August 2019

प्रदेश नं १ :  बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल शुरु

विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहितको पूर्वबजेट सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ को उपनियम २ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो । प्रस्तुत विषयमा प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले ५५ वटा बुँदामा उल्लेखित प्रस्तावलाई निर्माण र रोजगारमुखी बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले लक्षित वर्गमा बजेटलाई पु¥याउन कृषि, पर्यटन, औद्योगिक क्षेत्र, विद्यालय र मानव बस्तीसम्म पुग्ने योजना ठोसरुपमा आउनुपर्ने सुझाव दिनुभयो ।

प्रदेशसभा सदस्य कुलप्रसाद साम्वाले प्रस्ताव राम्रो भएको र यसको कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्ने औँल्याउनुभयो । प्रदेशसभा सदस्य खिनुलाम्वा लिम्बूले बजेट गरीबी उन्मूलनमा केन्द्रित रहनुपर्ने र यसका लागि विशेष र संरक्षित क्षेत्र घोषणा गरेर काम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

सदस्य झलकबहादुर मगरले प्राथमिकतामा रहेका क्षेत्रलाई परिणाममुखी बनाउन बजेटले बोल्नुपर्ने भन्दै बजेटमा रोजगारी सिर्जना र जनता आवास कार्यक्रम आउनुपर्ने माग गर्नुभयो । सदस्य नारायणबाबु मगरले बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा एक विशेष कार्यक्रम ल्याउनुपर्ने, सर्पदंशको उपचारको व्यवस्था हुनुपर्ने र भूमिहीन तथा सुकुम्वासीको समस्या समाधान गर्न बजेटले व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

सदस्य विद्यानन्द चौधरीले चालू आर्थिक वर्षको विकास बजेट २५ प्रतिशत पनि खर्च नभएकाले बजेट हिमाल, पहाड र तराईलाई प्राथमिकतामा राखेर आउनुपर्ने सुझाव दिनुभयो । सदस्य विमल कार्कीले बजेटको सिद्धान्त र प्राथमिकता माथि प्रकाश पार्दै संसद् विकास कोषलाई रु पाँच करोड बनाउन माग गर्नुभयो । सदस्य सञ्जाकुमारी दनुवार, सर्वध्वज साँवा, सावित्राकुमारी रेग्मी र सूयर्माराज राईले छलफलमा आएका रचनात्मक सुझावलाई प्रदेश सरकारले ग्रहण गर्न सके आउने बजेटले राम्रो परिणाम दिने टिप्पनी गर्नुभयो ।

सोचेअनुसार खर्च भएन

नेपाली काङ्ग्रेसका तर्फका प्रदेश सभासदस्य हिमाल कार्कीले चालू आवमा बजेट सोचेअनुसार खर्च नभएकोमा चिन्ता व्यक्त गर्दै स्थानीय तहमा अलपत्र रुपमा रहेका योजनालाई कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले समानुपातिक र निर्वाचित संसद्लाई समानरुपमा संसद् कोषबाट रकम उपलब्ध गराउन आगामी बजेटमा व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बालिका संरक्षण गर्न माग

सदस्य अम्बिका थापाले उदयपुरको रौतामाई नगरपालिकाअन्तर्गत थापा जडीबुटीमा भएको आगलागीमा करीब रु चार करोडको क्षति भएकाले आवश्यक क्षतिपूर्तिका लागि प्रदेश सरकारसँग माग गर्नुभयो । सदस्य आशारत्न जगेवुले पाँचथरको आरुबोटे भएको नरसंहारमा ज्यान बचाउन सफल एक बालिकालाई सरकारले संरक्षण दिनुपर्ने, आपराधिक गतिविधि बढ्न स्थानमा अस्थायी प्रहरी चौकी स्थापना हुनुपर्ने माग गर्नुभयो ।

सदस्य कला घलेले उदयपुरको सिद्धिचरण मार्ग निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य गोपालचन्द्र बुढाथोकीले झापा विभिन्न स्थानमा हात्तीको आतङ्कबाट जोगाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने कुरामा जोड दिनुभयो । सदस्य प्रकाशप्रताप हाङ्गामले गरीब किसानले सजिलैसँग मल र बीउ पाउनुपर्ने व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य राजकुमार ओझाले किसानलाई आवश्यक पर्ने मल र खादका लागि कारखाना स्थापना गर्नुपर्ने कुरामा जोड दिनुभयो । सदस्य रामचन्द्र लिम्बूले धनकुटामा एक प्रहरी हवल्दारले आफू बिदा बसेको अवस्थामा पनि आपराधिक गतिविधि गर्नेलाई पक्राउ गरी थप जनधनको क्षति हुनबाट बचाएकाले उहाँको पदन्नतिका लागि प्रदेश सरकारसँग माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक जेठ १५ गते दिउँसो १ बजे बस्ने उपसभामुख सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology