Saturday 24th August 2019

प्रदेशको अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु मुख्य उद्देश्य : मुख्यमन्त्री पोखरेल

बुटवल : प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको अर्थतन्त्रको आकारलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।

उहाँले प्रदेशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर नेपालमै प्रथम स्थानमा रहे पनि प्रदेशका लागि अर्थतन्त्रको आकार जनसङ्ख्याको आकारका हिसाबले भने कमजोर रहेकाले प्रदेशका लागि यो चुनौतीका रूपमा रहेको स्पष्ट पार्नुभयो ।

प्रदेश सरकारकोतर्फबाट आइतबार प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिकपछि बुटवलमा आज मन्त्रालयका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले अर्थतन्त्रको आकारलाई राष्ट्रिय अर्थतन्त्रसँग मिलाएर प्रदेशलाई अर्थतन्त्रको केन्द्रका रूपमा स्थापित गर्ने हिसाबले बजेटको कार्यान्वयनमा जोड दिइने बताउनुभयो । उहाँले कुल गार्हस्थ्य उत्पादन आगामी आर्थिक वर्षमा आठ प्रतिशतमाथि पु¥याउने गरी बजेट प्रक्षेपण गरिएको जानकारी दिनुभयो ।

उहाँले बजेट घाटामा नभएर स्रोत वृद्धि गर्ने सन्दर्भमा प्रदेश सरकार सफल भएको र सोहीअनुसार स्रोतमा आधारित भएर यथार्थ बजेट ल्याइएको बताउनुभयो । प्रदेश सरकारको बजेट आवधिक योजनामा आधारित भएर क्रमागत योजनालाई समेत योजनामा समावेश गरेर बजेट बनाइएको उहाँको भनाइ थियो । उहाँले प्रदेशको समृद्धिको प्रमुख आधार कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण गर्न समुदायमा कृषि अनुदान पु¥याउन नयाँ ढाँचासहितका कार्यक्रम ल्याइएको बताउनुभयो ।

सरकारले युवाको पौरख, प्रदेशको गौरवका रूपमा युवालाई कृषि क्षेत्रमा आकर्षित गरी सीप र दक्षतासँग आबद्ध गराउन कृषि विषयमा उच्च शिक्षा हासिल गरेका युवालाई स्रोत व्यक्ति तथा उद्यमशीलता विकास कार्यक्रम र पढ्दै कमाउँदै अभियानका लागि कृषकसँग विद्यार्थी कार्यक्रम लगायतका युवा लक्षित कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने नयाँ योजना बजेटमा व्यवस्था गरिएको उहाँले जानकरी दिनुभयो ।

आर्थिक वर्ष २०७६/०७७ का लागि आइतबार प्रदेशसभामा रु ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरिएको थियो । विनियोजित बजेटमध्ये चालूतर्फ रु १३ अर्ब ४५ करोड पाँच लाख अर्थात् ३६.९४ प्रतिशत, पूँजीगततर्फ रु १८ अर्ब ५७ करोड ६४ लाख अर्थात् ५१.०१ प्रतिशत रहेको छ ।

प्रदेश सरकारले भविष्यमा प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र हुने कुरालाई आत्मसात् गर्दै पर्यटकीय गन्तव्य र पूर्वाधार विकासमा लक्षित गरी बजेट तयार गरिएको मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले पूँजी बजारको विकास गर्न आधार तयार नभएको समेत बताउनुभयो । “देशमा पूँजी बजारको विकास गर्ने तहमा अझै पुगेको छैन”, उहाँले भन्नुभयो । पूँजी बजार संस्थागत नभएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बजार अहिले पनि जोखिमको अवस्थामा रहेको बताउनुभयो ।

उहाँले पूँजी बजार व्यवस्थापकीय हिसाबले काठमाडौँमा मात्रै केन्द्रित हुने कुरा उपयुक्त नभएको बताउँदै सबै विषय केन्द्रिकृत हुने पुरानो मानसिकता भएको टिप्पणी गर्नुभयो । मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “पूँजी बजारका लागि प्रदेशमा प्रवेश गर्ने कुरा आफैँमा जटिल विषय हो ।

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology