Sunday 25th August 2019

पतञ्जलिको जन्म अर्घाखाँचीमा भएको पुष्टि

काठमाडौँ : आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा विष्णुराज आत्रेय (लाटोसाथी)ले ‘पतञ्जलि’ पुस्तकमार्फत उहाँको जन्म अर्घाखाँचीको शीतगङ्गा पलटेमा भएको तथ्य सार्वजनिक गर्नुभएको छ । विभिन्न शास्त्रीय उत्खननबाट अर्घाखाँची, प्यूठान र दाङको सिमानामा पर्ने सो ठाउँमा पतञ्जलिको जन्म भएको तथ्य डा आत्रेयले फेला पार्न सफल हुनुभएको हो ।

वाल्मीकि क्याम्पसमा आयोजित कार्यक्रममा पुस्तकका लेखकले पतञ्जलिका बारेमा प्रकाश पार्दै पतञ्जलि नेपालमा जन्मिएका बारे करीब दुई सय उदाहरण पेश गरेर पुस्तक तयार पारेको बताउनुभयो । “झट्ट सुन्दा शुरुमा अपत्यारिलो पनि लाग्न सक्छ”, उहाँले भन्नुभयो, “पुस्तक पढिसकेपछि पत्याउन केही गाह्रो पर्दैन ।” उहाँले पुराण, महाभारतको अध्ययन र विभिन्न खोज–अनुसन्धानबाट पतञ्जलि अर्घाखाँचीमा जन्मिएको तथ्य फेला पार्न सकिएको बताउनुभयो ।

एक सय २५ पृष्ठको पुस्तकमा पतञ्जलिको जन्म र उहाँका क्रियाकलापबारे करीब दुई सय उदाहरण दिएको लेखक आत्रेयले बताउनुभयो । पाकिस्तानको लाहोरबाट अर्घाखाँचीको गोपर्वतमा आई पाणिनिले संस्कृत व्याकरणको आविष्कार गरेका थिए । पाणिनिबाटै प्रभावित भएर पतञ्जलिले पनि संस्कृतमा खोज–अनुसन्धान र कृति तयार पारेको उहाँले बताउनुभयो ।

“पाणिनिसँग पतञ्जलिको भेट नभए पनि पतञ्जलिले पलटेबाट पाणिनि तपोभूमि पुगेर पाणिनिका बारेमा अध्ययन गर्नुभएको थियो”, आत्रेयले भन्नुभयो, “पतञ्जलिको जन्म र पाणिनिको कर्मथलो अर्घाखाँची हुनु सबै नेपालीले गर्व गर्ने विषय हो ।” उहाँले पतञ्जलिको जन्म भएको क्षेत्रमा विभिन्न संरचना निर्माण गरी सो क्षेत्रको विकासमा सरकारले विशेष ध्यान पु¥याउनुपर्ने बताउनुभयो । “मठमन्दिर, कुटी, पतञ्जलिको मूर्तिलगायतका विभिन्न संरचना निर्माण गर्नसके देशी–विदेशी भक्तजनको घुइँचो लाग्नेमा दुई मत छैन”, उहाँले भन्नुभयो, “बस्नका लागि सुविधा सम्पन्न होटल र आवश्यक अन्य पूर्वाधार निर्माणमा लाग्नुपर्छ ।”

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्म भुसाल, डा चिरञ्जीवी भट्टराई, सर्वोच्च अदालतका उपसचिव अशोक क्षेत्री, शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा कार्यरत टेकनारायण पाण्डे, शीतगङ्गा सेवा समाजका अध्यक्ष लालमणि पाण्डे, अधिवक्ता गोपाल घिमिरे, पत्रकार अर्जुन भुसाललगायतले मन्तव्य राख्दै पतञ्जलिको जन्म नेपालको अर्घाखाँचीमा भएको विषयलाई प्रचारप्रसार गरी विश्वसामु पु¥याउनुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँहरुले पतञ्जलि जन्मस्थल र पाणिनिको तपस्यास्थलको विकास गरी प्रचारप्रसार गर्नसके अर्घाखाँचीको मात्र नभई सिङ्गो मुलुकको नै पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने बताउनुभयो । शीतगङ्गा नगरपालिकाले ठाडादेखि ऐरावतीसम्मको सडकलाई पतञ्जलिमार्ग नामकरण गरिसकेको छ ।

Space for Ads 1200px * 150px
जन्मदिनको अवसरमा वृक्षरोपण गरौंः कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जन्मदिनको अवसरमा वृक्षरोपण...

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

बुटवल : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले...

फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ : राष्ट्रपति ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक...

तनहुँ स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

दमौली : सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण...

गल्याङ एफएमको साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न

गल्याङ : स्याङजाको गल्याङ नगरपालिका – ११ मा अवस्थित गल्याङ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

चापाकोटमा रुखले च्यापिएर महिलाको मृत्यु

चापाकोट : स्याङजाको चापाकोटमा  रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology