Saturday 24th August 2019

‘सङ्गीतका सदावहार वसन्त’

बागलुङ : वसन्त थापाद्वारा सङ्गीत र स्वरवद्ध पछिल्लो लोकदोहोरी ‘लोभी आँखा’ बुधबार युट्युबको करोड क्लबमा प्रवेश ग¥यो । उहाँकै सङ्गीत÷अभिनय रहेको ‘सालको पातको टपरी’ ले हालसम्म चार करोड ८० लाख बढी ‘भ्युअर्स’ पाएको छ ।

‘सालको पातको टपरी’ गत असोज १ मा र ‘लोभी आँखा’ जेठ ६ गते युट्युबमा सार्वजनिक भएको थियो । ‘सालको पातको टपरी’ युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो लोकदोहोरी बन्न सफल भएको छ ।

गत फागुन २३ गते सार्वजनिक गीत ‘जाम सुस्तै’ को म्युजिक भिडियो युट्युबमा ४९ लाख बढी पटक हेरिएको छ । उक्त गीतमा पनि सङ्गीत, शब्द, स्वर र अभियनसमेत थापाकै छ । गत जेठ ७ मा आएको अर्को लोकदोहोरी ‘चौतारीको वर’ ले हालसम्म ३६ लाख बढी ‘भ्युअर्स’ पाएको छ । उक्त गीतमा पनि थापाको सङ्गीत छ ।

यी त हालैका प्रतिनिधि गीत मात्र हुन् । थापाको नयाँ लोकदोहोरी ‘बोकेझार’ को ‘टिजर’ सार्वजनिक भएको छ । गीत आउँदो असोज १ गते सार्वजनिक हुँदैछ । विसं २०६८ ताका सार्वजनिक ‘डाँडै फुर्के सल्लो’, ‘रुमाल हल्लाइहल्लाई’ लगायतका लोकदोहोरी पनि अत्यधिक सफल रहे । ती गीतमा पनि थापाले सङ्गीत दिनुभएको छ ।

विसं २०६६ मा सार्वजनिक ‘नजाउ है सानु पँधेरीमा’ गीतले थापालाई एकाएक चर्चामा ल्यायो । त्यसयता थापालाई कहिल्यै पछाडि फर्कनु परेको छैन । उक्त गीतपछि नेपाली लोक दोहोरीको सङ्गीतले नयाँ ‘मोड’ लिएको विश्वास गरिन्छ । स्रोता÷दर्शकको प्रशंसासँगै गीतले राष्ट्रिय ‘अवार्ड’ समेत पायो ।

मौलिक सिर्जनामा अब्बल थापाले अहिलेसम्म झण्डै ५०० गीतमा सङ्गीत र सय बढीमा स्वर दिनुभएको छ । पञ्चेबाजा गीतमा पनि थापाको नाम सबैभन्दा अघि आउँछ । विसं २०७० मा सार्वजनिक पञ्चेबाजाको ‘वारि घुम्टे पारि गाजा’ बढी चर्चित छ ।

‘बागलुङ बजारमा बाघको शालिक’, ‘माछा मिठो असला दरमखोलाको’, ‘शुभविवाह’ लगायतका पञ्चेबाजा पनि उत्तिकै रुचाइएका छन् । मुख्य बिधा लोक सङ्गीत रहेपनि थापाले सुगम, गजल, लोकपप शैलीका गीतमा पनि स्वर र सङ्गीत दिनुभएको छ ।

“अहिले चलचित्र ‘छ माया छपक्कै’ मा पनि काम गरिरहेको छु”, थापाले रासससँग भन्नुभयो । विसं २०६९ मा सार्वजनिक गजल गीत ‘यो माया हराएको शहर हो प्रिया’ लाई पनि स्रोताले रुचाए । थापाको सङ्गीत रहेको उक्त गीतबाट नै गायक राज सिग्देलले ‘डेब्यु’ गर्नुभएको थियो ।

ठाडो भाका, सालैजो, यानीमायाजस्ता मौलिक गीतमा पनि थापाले सङ्गीत सिर्जना गर्नुभएको छ । बागलुङ, गलकोट नगरपालिका–७ मल्मका थापाले साङ्गीतिक यात्राको छोटै अवधिमा महत्वपूर्ण सफलता हात पार्नुभएको छ ।

साधना र सिर्जनाको जगमा उहाँ अहिले नेपाली लोकसङ्गीत क्षेत्रको विशिष्ट प्रतिभाको रुपमा स्थापित हुनुहुन्छ । “गीत गाउने रहरले काठमाडौँ छिरेको १६ वर्ष पुग्यो”, थापाले विगत सम्झदैँ भन्नुभयो, “म अहिले जहाँ छु, आफ्नै सिर्जना र स्रोता÷दर्शकका कारणले छु ।” लोकसङ्गीतमा व्यावसायिक रुपमा टिक्ने थोरै कलाकारमध्येको सूचीमा थापाको नाम दरिएको छ ।

“सङ्गीतप्रतिको सोख र मोहले नै आज यो ठाउँमा पु¥यायो”, उहाँले भन्नुभयो “नारायणगोपाल, रामकृष्ण ढकाल, यम बरालको पुस्ताका गीत सुनेर हुर्कियौँ, हामीलाई सङ्गीतसँग जोड्ने त्यो बेलाको माध्यम रेडियो नेपाल मात्र थियो ।”

थापाले विसं २०५९ मा ‘निलो फेवाताल’ गीतबाट साङ्गीतिक यात्रा शुरु गर्नुभएको थियो । उहाँको सिर्जना कर्मको केन्द्र नै लोक सङ्गीत हो । “रुचि त सबै खाले गीत, सङ्गीतमा छ”, थापाले भन्नुभयो, “व्यावसायिक रुपमा भने म लोकदोहोरीबाटै अघि बढेको छु ।”

मौलिकता, सिर्जनात्मकता, प्रस्तुतिमा नयाँपन र साधनाले सङ्गीतमा सफल भइने विश्वास उहाँमा छ । “सिर्जनाकर्मबाट सन्तुष्ट छु, एउटा सर्जक पनि व्यावसायिक भएर बाँच्न सक्छ भन्ने उदाहरण स्थापित गर्न तल्लीन छु” थापाले भन्नुभयो । सुसुप्त अवस्थामा रहेका मौलिक लोक भाखालाई टिपेर त्यसलाई नयाँपन दिनमा थापा पोख्त हुनुहुन्छ ।

उहाँ इमेज, बिन्दबासिनी, अन्नुपूर्ण म्युजिक अवार्ड, उत्कृष्ट लय सर्जक सम्मानलगायत दर्जनौँ अवार्ड तथा पदकबाट सम्मानित भइसक्नुभएको छ । साङ्गीतिक यात्राका क्रममा बेलायत, दक्षिण कोरिया, जापान, कतार, दुबई, भारतलगायतका देशमा पुगिसक्नुभएको छ ।

“नेपाली लोकदोहोरीमा भरिने सङ्गीत अहिले व्यावसायिक बनेको छ”, थापाले भन्नुभयो, “पहिले सरसापटीमा लय दिने, अथवा मैले यस्तो गीत रचेको छु भनेर गाउने प्रचलन थियो, अहिले त्यो छैन, गायक तथा निर्माता स्वयं नै सङ्गीत चाहियो भनेर आउनुहुन्छ ।”

थापाले लोक तथा दोहोरी गीतमा सङ्गीत गरेबापत राम्रै पारिश्रमिक लिनुहुन्छ । पछिल्लो समय भने आफ्नै गीतमा बढी समय दिनुपरेको उहाँको भनाइ छ । गायन र सङ्गीतलाई एकैसाथ अघि बढाउने धेरै कम सर्जकमध्येमा थापा पर्नुहुन्छ । केही वर्षअघि गाएका ‘डाँडै बिसौनी’, ‘किन माया मसँग तरकतरक छ’ लगायतका गीतले पनि थापालाई चिनाए । मौलिक लयमा सिर्जित ‘बामरी’ गीतबाट पनि थापाले प्रंशसा बटुल्नुभयो ।

“गाउँघरका भाखा टिपेर ल्याउने र गीत रकेर्ड गर्ने चलन थियो, जसलाई लय सङ्कलन भन्ने गरिन्थ्यो, तर अहिले हामीले लय सङ्कलन होइन सिर्जना गरिरहेका छौँ, त्यसैले हामी सर्जक हौँ” थापा भन्नुहुन्छ ।

सङ्गीत व्यावसायसँग पनि जोडिनुभएका थापाको अभ्यास डिजिटल प्रालि नामक सङ्गीत कम्पनी पनि छ । कम्पनीबाट प्रर्वद्धित गीत उहाँकै नामको युट्युब च्यानलबाट सार्वजनिक हुने गरेका छन् । थापा बागलुङ कलाकार समाज र क्षेत्री कलाकार समाजको अध्यक्ष हुनुहुन्छ । अन्तर्राष्ट्रिय कलाकार मञ्च, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल सङ्गीत उद्योग सङ्घलगायतका सङ्घ संस्थामा पनि आवद्ध हुनुहुन्छ ।

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology