Saturday 21st September 2019

नेताहरुमा सकारात्मक सोचको खाँचो छ : शाक्य

स्याङजा : पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यले राज्य संचालनको जिम्मेवारी पाएका हाम्रा नेताहरुमा सकारात्मक सोचको खाँचो रहेको बताउनुभएको छ । ‘मित्र’ की ‘शत्रु’ के बनाउने यी दुबै २ शब्द २÷२ अक्षरले बनेका छन । यसको प्रयोग तपाईंकै सोचमा निर्भर छ उहाले भन्नुभयो ।

पुतलीबजार नगरपालिका ११ स्थित द रोडसाईड क्याफे करेन्डांडामा आईतवार आयोजित सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै अभियन्ता शाक्यले राज्य संचालन गर्ने जिम्मेवारी पाएका नेताहरुले सकारात्मक सोचलाई महत्व नदिएका कारण मुलुकले गती लिन नसकेको बताउनुभएको हो ।

‘मुलुक ठूल्ठूला समस्याले पिरोलिएको छैंन । ससाना समस्यामा अल्झिएको मुलुकलाई आन्तरिक छलफलका माध्यमबाट टुंग्याउन सकिन्छ ।’ उहाले भन्नुभयो ‘ठूल्ठूला भाषणले होइन । सानातिना सकारात्मक सोचका कुराबाटै सुरुवात गरौं । सोचमा परिवर्तन ल्याउँ । मुलुकले गति लिन्छ ।’

‘समस्या भाग्यवानीको ढोकामा मात्र आउछ । कर्ममा विश्वास गर्नुपर्दछ । सफलता मिल्दछ । कुकुर त एक टुक्रा मासुमा फकिन्छ । जंगलमा बस्ने हिंस्रक प्राणिलाई सुम्सुमाएर माया गरे साथी बन्छ भने हामी सबै मानिस हौं । मिठो बोलौं । शुद्ध आचरण र ब्यवहार गरौं । सफलता त्यही मिल्छ नी’ शाक्यले जोड दिनुभयो ।

सकारात्मक सोचका अभियन्ता समेत रहनु भएका शाक्यले भन्नुभयो ‘सकारात्मक परिवर्तन जीवनको एक पलले निर्धारण गर्दछ । बिगतका कामको असर बर्तमान अवस्थामा देखिन्छ । इतिहास, बर्तमान र भबिष्यलाई कस्तो बनाउने त्यो सोचमा भर पर्छ । संभावना खोज्न तेस्रो आँखा चाहिन्छ । तेस्रो आँखा भनेको सकारात्मक सोच हो । ती सबै हामी आफैंमा छ । खोजी हिड्नु पर्देन । केवल सोचमा केही परिवर्तन गरौं । ’
जुनुसुकै कामको पनि थालनी गाह्रो हुन्छ । समस्या, समस्या मात्र हुदैंन । त्यसभित्र समाधान र उपाय पनि हुन्छ ।

क्यान्सर अस्पतालको कुरा गर्दा त्यसबेलाका राजनेताले पत्याएनन् । गाली गरे । तर, एउटा चुरोटमा एक पैसा कर लगाएर गरिएको अभियानले क्यान्सर अस्पताल निर्माण गर्न संभाव भो अभियन्ता शाक्यले थपे राष्ट्रिय निकुन्जमा कार्यरत हँुदा होस वा एक्यापमा काम गर्दा धेरै गाली सुन्नु परेको स्मरण गर्नुभयोे । चितवनबासीलाई सुकुम्वासी बनायो भन्ने सम्मको आरोप लगाए पनि आफु नआत्तिएको बताउदै संसारमा नै नभएको जैविक बिबिधताको संरक्षण गर्दै प्रकृती र उद्यमशील बनाउने अभियानमा लागि परेको जानकारी दिनुभयो ।

फरक प्रशंग कोट्याउदै उद्यमी एवं लेखक शाक्यले केही दिनपहिला रअ (भारतीय गुप्तचर) का प्रमुख र पूर्व राजा ज्ञानेन्द्रलाई आफनो होटलमा भेट गराएको भन्ने जस्ता निराधार र हुदैं नभएको समाचार संचार माध्यममा प्रकाशन भएको बताउनुभयो ।

सफल ब्यवसायी, वातावरणविद, संरक्षणबिद, सरकारी जागिरेदेखी बिभिन्न अनुभव गर्नुभएका सकारात्मक सोचका अभियन्ता शाक्य झण्डै ३ घण्टाको बसाईंमा संबिधानसभा सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजु थापाले पाठ्यक्रमबाट नैतिक र संस्कृत शिक्षा हटाएसंगै सकारात्मक सोचमा कमी हुन थालेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासले जिल्लाका एघार वटै स्थानीय तहसंग समन्वयगरी यस्ता अभियानलाई सार्थक बनाउन बिभिन्न खालका पाठ्यपुस्तक तयार गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री र भीरकोट नगरप्रमुख छाँयाराम खनालले स्थानीय पालिकाले एक सय पूर्णाङको पाठ्यक्रम तयार बनाउन पाउने अधिकारसंगै आउदो शैक्षिक सत्रमा सकारात्मक प्रभाव पार्ने खालका पाठ्यक्रमका साथै नैतिक शिक्षालाई समावेश गर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज सुवेदी, युवा ब्यवसायी शम्भु अर्याल लगायतले आ आफना धारणा सहित सुझाव दिनुभएको थियो ।

बिगत ३ बर्षदेखि सकारात्मक सोचको अभियानमा जुटे पनि नेपालले चासो नदिएकोमा अभियन्ता शाक्यले दुख ब्यक्त गर्नुभयो । संयुक्त राष्ट्र संघको निमन्त्रणामा त्यहाँ गएर १० दिन अघि मात्र नेपाल फर्केको उहाको भनाई छ । अवको ७ बर्षमा अभियानले एउटा रुप लिने र वैदेशिक रोजगारमा गएका फर्केने अनि मुलुकले गति लिनेमा उहाँ विश्वस्त देखिनुहुन्थ्यो । साथै उहाँले भन्नुभयो – स्याङ्जा नेपालकै व्रेन पुल भएको बताउदै यहाँ जुनसुकै उद्यम तथा ब्यवसाय सफल हुन्छ ।

कार्यक्रम आयोजनाको ब्यवस्थापन युवा एवं पर्यटन ब्यवसायी कृष्णजंग केसीले गर्नुभएको हो । केसीले बिगत ७÷८ बर्षदेखि करेन्डांडामा यही उत्पादित एवं अर्गानिक कफी ब्यवसाय गर्दे आएका छन् ।

Space for Ads 1200px * 150px
यौन दुव्र्यवहारको आरोपमा पूर्वमन्त्री चिनमायानन्द पक्राउ

शाहजाहनपुर, उत्तर प्रदेश : युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा...

वासिङटन डि,सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

वासिङ्टन : उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा...

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको कटाक्ष

नयाँ दिल्ली : भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले...

विगतका फोटोप्रति क्यानडाका प्रधानमन्त्रीद्वारा क्षमायाचना

ओटावा : क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुुडोले विगतका फोटोहरूप्रति क्षमायाचना...

संविधानको जनभावनाअनुसार परिवर्तन गर्न सकिन्छ : मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान गतिशील...

पाल्पा रामपुरका तिमिल्सीनाले छोरो गुमाएको शोकमा गरे आत्महत्या

पाल्पा : पाल्पा रामपुर नगरपालिका वडा नं. १० हेक्लाङ्गमा छोरो गुमाएको...

नेपाल बैंकमा खुल्यो सातै प्रदेशमा जागिर, सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म माग

काठमाडौं : नेपाल बैंक लिमिटिेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको...

पहिरोको जोखिम व्यवस्थापन

हरेक वर्ष जाने पहिरोबाट १०० जना बढी मानिसको मृत्यु र करोर्डौं...

चापाकोटमा हिजो नेकपा प्रवेश गरेका युवा आज काँग्रेसमा प्रवेश

चापाकोट : चापाकोट नगरपालिकाको वडा नं. २ र ८ को जागरण...

विषयगत प्रश्नोत्तरः कस्तो छ पदपूर्ति व्यवस्था ?

१. निजामती सेवालाई समावेशी बनाउन कस्तो किसिमको पदपूर्तिसम्बन्धी व्यवस्था अपनाइएको छ...

टिका सानुको ‘आउदा दशैं तिहार’ सार्वजनिक

काठमाडौं : टिका सानुको ‘आउदा दशैं तिहार’ बोलको गीत सार्वजनिक भएको...

गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल विजयी

गल्याङ : गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा यज्ञप्रसाद अर्याल विजयी भएका...

गण्डकी प्रदेशको सहमतिबिना कालीगण्डकी नदी डाइभर्सन नसोचे हुन्छ : मुख्यमन्त्री गुरुङ

काठमाडौं: मुलुक संघीयतामा गएसँगै प्राकृतिक स्रोतमाथिको अधिकारको विषयलाई लिएर संघीय सरकार...

पार्टीले आदर्श र सिद्धान्तको विपरीत कार्य गरे : काँग्रेस नेता खगेन्द्र रेग्मी

स्याङजा : नेपाल तरुण दल भिरकोट नगर कार्यसमितिको आयोजनामा भिरकोटमा अन्तरकृया...

नेपाल बीउ व्यावसायि संघ स्याङ्जाको अध्यक्षमा डुम्रे

स्याङ्जा : नेपाल बीउ व्यावसायि संघ स्याङ्जाको अध्यक्षमा मिनराज डुम्रे चयन...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology