Saturday 24th August 2019

वार्षिक बजेटमा प्रदेशभरिमा ५८.१५ प्रतिशत प्रगति

विराटनगर  : प्रदेश नं १ मा आर्थिक वर्ष २०७५÷७६ मा कूल वार्षिक बजेटमा ५८.१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । वार्षिक बजेट रु ३६ अर्ब ४३ करोड १० लाख ४० हजारमा रु २१ अर्ब १८ करोड ३७ लाख ६० हजार खर्च गरेर सो प्रगति हासिल गरेको हो ।

कार्यालयका अनुसार सो अवधिमा पूँजीगत वार्षिक बजेट रु १९ अर्ब ४४ करोड २६ लाख ६५ हजारमा रु ११ अर्ब ३७ करोड ५१ लाख १४ हजार खर्च भई ५८.५६ प्रतिशत प्रगति भएको छ भने चालू खर्च रु १६ अर्ब ९८ करोड ८३ लाख ७५ हजारमा रु नौ अर्ब ८० करोड ८६ लाख ४५ हजार खर्च भई ५७.७४ प्रतिशत प्रगति गरेको लेखा अधिकृत अन्तिमकुमार आचार्यले जानकारी दिनुभयो ।

कार्यालयबाट प्राप्त विवरणअनुसार विसं २०७६ असार ३१ गते सम्ममा प्रदेशअन्तर्गत ताप्लेजुङमा चालू खर्च रु ११ करोड ५३ लाख नौ हजार भई प्रगति ८३.८५ प्रतिशत र पूँजीगत रु १३ करोड ६६ लाख २९ हजार खर्च भई ७७.७५ प्रतिशत, पाँचथरमा चालू खर्च रु २२ करोड ८५ लाख ७८ हजार खर्च भई प्रगति ७५.६५ प्रतिशत र पूँजीगत खर्च रु एक अर्ब ४६ करोड १३ लाख ५८ लाख खर्च भई प्रगति ७९।१४ प्रतिशत, इलाममा चालू खर्च रु २२ करोड ६६ लाख ९८ हजार खर्च भई प्रगति ७९.०९ प्रतिशत र पूँजीगत रु ५५ करोड १० लाख ४३ हजार खर्च भई प्रगति ७६.५४ प्रतिशत, सङ्खुवासभामा चालू खर्च रु १८ करोड ९३ लाख ७० हजार खर्च भई प्रगति ८२.५० प्रतिशत र पूँजीगत खर्च रु ५६ करोड ४९ लाख १३ हजार खर्च भई प्रगति ४९.७९ प्रतिशत गरेको छ ।

यस्तै, तेह्रथुममा चालू खर्च रु १२ करोड ८० लाख ३९ हजार खर्च भई प्रगति ८८.१३ प्रतिशत र पूँजीगत खर्च रु १५ करोड ९८ लाख ४८ हजार खर्च भई प्रगति ८०.६५ प्रतिशत, धनकुटामा चालू खर्च रु ४७ करोड १३ लाख ३९ हजार खर्च भई प्रगति ७४.०९ प्रतिशत र पूँजीगत खर्च रु ८५ करोड ५५ लाख ७८ हजार खर्च भई प्रगति ८४.५९ प्रतिशत, भोजपुरमा चालू खर्च रु १६ करोड २३ लाख ९२ हजार खर्च भई प्रगति ७८.०१ प्रतिशत र पूँजीगत खर्च रु ४७ करोड ६५ लाख ७६ हजार खर्च भई प्रगति ५५.१२ प्रतिशत, खोटाङमा चालू खर्च रु १५ करोड ४० लाख एक हजार खर्च भई प्रगति ८३.०३ प्रतिशत र पूँजीगत खर्च रु २६ करोड १६ लाख १६ हजार खर्च भई प्रगति ८२.७२ प्रतिशत, सोलुखुम्बूमा चालू खर्च रु १८ करोड ८० लाख ६३ हजार खर्च भई प्रगति ८३.०३ प्रतिशत र पूँजीगत खर्च रु १३ करोड ९१ लाख ७० हजार खर्च भई प्रगति ७९.५० प्रतिशत, ओखलढुङ्गामा चालू खर्च रु २२ करोड १७ लाख २९ हजार खर्च भई प्रगति ७९.२९ प्रतिशत र पूँजीगत खर्च रु ७८ करोड ७० लाख ५९ हजार खर्च भई प्रगति ५८.३४ प्रतिशत प्रगति हासिल गरेको छ ।

त्यसैगरी उदयपुरमा चालू खर्च रु २७ करोड ९९ लाख २४ हजार खर्च भई प्रगति ७५.५८ प्रतिशत र पूँजीगत खर्च रु ४८ करोड ८१ लाख ८७ हजार खर्च भई प्रगति ६५.०१ प्रतिशत, झापामा चालू खर्च रु ५२ करोड ९९ लाख ७५ हजार खर्च भई प्रगति ८४.५९ प्रतिशत र पूँजीगत खर्च रु एक अर्ब ६९ करोड ८९ लाख १४ हजार खर्च भई प्रगति ६७।५१ प्रतिशत, मोरङमा चालू खर्च रु छ अर्ब २९ करोड ६८ लाख ३६ हजार खर्च भई प्रगति ५१.६२ प्रतिशत र पूँजीगत खर्च रु दुई अर्ब ९२ करोड ४४ लाख ६७ हजार खर्च भई प्रगति ४०.१८ प्रतिशत र सुनसरीमा चालू खर्च रु ६१ करोड ६३ लाख ८६ हजार खर्च भई प्रगति ५३.२१ प्रतिशत र पूँजीगत खर्च रु ८६ करोड ९७ लाख ५० हजार खर्च भई ७८.७८ प्रतिशत प्रगति हासिल गरेको छ ।

तुलनात्मक रुपले हेर्दा सबैभन्दा कम मोरङमा पूँजीगत प्रगति ४०.१८ र सबैभन्दा बढी पूँजीगत प्रगति धनकुटामा ८४.५९ प्रतिशत भएको छ । वित्तीय हस्तान्तरणतर्फ ९स्थानीय निकायतर्फको रकम मोरङ जिल्लाको चालू खर्चमा समावेश भएको० खर्च शीर्षकअन्तर्गत समानीकरणतर्फ रु ५० करोडमा रु ४९ करोड ९९ लाख ९९ हजार खर्च भई १०० प्रतिशत प्रगति र सशर्त अनुदानतर्फ रु तीन अर्ब २३४ करोड ८० लाख ७१ हजारमा रु तीन अर्ब १९ करोड ७९ लाख ९६ हजार खर्च भई ९८.७६ प्रतिशत प्रगति भएको विवरणमा उल्लेख छ ।

यसैगरी, आन्तरिक आयतर्फ घरजग्गा रजिष्ट्रेशनमा रु ९० करोड तीन लाख ९१ हजार, सवारीसाधन कर रु एक अर्ब ११ करोड ३९ लाख ५७ हजार, मनोरञ्जन र विज्ञापन कर रु १७ लाख ७४ हजार, निकासी शुल्क रु नौ करोड ३२ लाख ८५ हजार, प्राकृतिक स्रोत बिक्री रु १६ करोड २५ लाख ५६ हजार, नगद मौज्दात गत आवको बाँकी रु ३६ करोड ८७ लाख ७९ हजार र विविध आय सशर्त अनुदान फिर्ता रु ८१ लाख ६८ हजार गरी रु दुई अर्ब ६४ करोड ८९ लाख १२ हजार आय भएको छ ।

यस्तै, सङ्घीय सरकारबाट प्राप्त राजश्व बाँडफाँड रु छ अर्ब ८६ करोड ७६ लाख ८२ हजार, समानीकरण अनुदान रु छ अर्ब ६१ करोड तीन लाख, सशर्त अनुदान रु १० अर्ब ५४ करोड ७३ लाख ५६ हजार र विशेष अनुदान रु ६५ करोड ७१ लाख छ हजार गरी रु २५ अर्ब ३६ करोड २४ लाख ४४ हजारसमेत गरी कूल आय रु २८ अर्ब एक करोड १३ लाख ५७ हजार र कूल खर्च रु २१ अर्ब १८ करोड ३७ लाख ६० हजार भई फरक रकम रु छ अर्ब ८२ करोड ७५ लाख ९७ हजार भएको अधिकृत आचार्यले जानकारी दिनुभयो ।

प्रदेश नितान्तरूपमा नयाँ भएको र सबै संरचनाहरू खडा भइनसकेको अवस्थामा प्रदेश सरकारले शून्य अवस्थाबाट काम शुरु गरेकाले गएको आर्थिक वर्षमा प्रगति उल्लेखनीय हासिल गर्न नसके पनि चालू आर्थिक वर्षमा जेठ १५ गतेभित्रमा विकासका योजना सम्पन्न गर्ने सरकारको सङ्कल्पले प्रगति उल्लेखनीय हुने आशाा राख्न सकिन्छ ।

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology