Saturday 24th August 2019

वित्तीय उत्तरदायित्वको प्रभावकारी कार्यान्वयन गर्न आर्थिक विधेयक : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय सङ्घीयता कार्यन्वयनमा मन्त्रालयले पहिलो प्राथमिता दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि आजदेखि शुरु भएको दफावार छलफलमा सांसदले उठानुभएका विभिन्न जिज्ञासामा उहाँले वित्तीय सङ्घीयतालाई अझ प्रभावकारी बनाउन नयाँ विधेयक ल्याइएको बताउनुभयो ।

विधेयकलाई छिटो समितिबाट पारित गरिदिन आग्रह गर्दै उहाँले विधेयकले सरकारी आयोजनामा विनियोजन भएका बजेटलाई अझ पारदर्शी र नतिजामुखी बनाउने ध्येय राखेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक वृद्धि र समृद्धि हासिल गर्न वित्तीय अनुशासन कायम गर्नुपर्छ, यस कुरामा सरकार सजग र सचेछ ।”

समितिको शुक्रबारको बैठकमा सो विधेयकमाथि संशोधनकर्ता सांसदले आ–आफ्नो धारणा राख्ने कार्य समाप्त भएकाले आजबाट दफावार छलफल शुुरु भएको हो । विनियोजित बजेटलाई नतिजामुुखी बनाउन, वित्तीय उत्तरदायित्वलाई अझ प्रभावकारी कार्यान्वयन गर्न नयाँ आर्थिक कार्यविधिसम्बन्धी विधेयक ल्याउनु परेको अर्थमन्त्री खतिवडाले स्पष्ट पार्नुभयो ।

विधेयकमा सङ्घीय सञ्चित कोषको सञ्चालन र एकीकृत वितरण, मध्यकालीन खर्च संरचना तयार गर्ने, आर्थिक स्रोतको अनुमान र खर्चको सीमा निर्धारण लगायतका मुख्य बुँदा छन् । बैठकमा समितिका सदस्यले सरकारी सम्पत्तिको संरक्षण र उपयोगमा ध्यान दिन, सरकारको चल तथा अचल सम्पत्ति कहाँ कुन अवस्थामा छ, रेखाङ्कन तथा मूल्याङ्कन गर्न, सरकारी सम्पत्तिलाई दुरुपयोग हुन नदिन कडाइ गर्न सुझाव दिनुभएको थियो ।

साथै सिंहदरबारभित्र रहेका संरचनाको लालपुर्जा बनाउन पनि सदस्यले सरकारलाई आग्रह गर्नुभएको थियो । समिति सदस्य रामकुमारी झाँक्रीले सिंहदरबारभित्र रहेका सरकारी कार्यालयको आफ्नो नाममा लालपुर्जा नहुनु विडम्बना भएको हुँदा लालपुर्जा बनाउन ध्यान दिन आग्रह गर्नुभयो । अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले वित्तीय अनुशासन कायम गर्न, सरकारी सम्पत्ति दुरुपयोग हुनबाट जोगाउन र सरकारी सम्पत्तिको रेखाङ्कन तथा मूल्याङ्कनलाई अद्यावधिक गर्न सुझाव दिनुभयो ।

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology