Sunday 25th August 2019

गण्डकी विश्वविद्यालय स्थापना सम्बन्धी विद्येयक प्रस्तुत

कास्की : गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने सम्बन्धी विधेयक प्रस्ततु गरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विश्वविद्यालय आवश्यक देखिएकाले विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक सभामा छलफलका लागि प्रस्तुत गर्नुभयो । बैठकको शून्य तथा विशेष समयमा प्रदेशसभा सदस्यहरुले देशको समसामयिक तथा आफ्नो निर्वाचन क्षेत्रका समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रदेशसभा सदस्य दीपक कोइरालाले तत्कालीन शाही नेपाली सेनाबाट विद्रोह गरी माओवादी सेनामा प्रवेश गरेका शक्ति गुरुङलाई अहिले आएर सैनिक अदालतले १० वर्ष जेल सजाय तोकेकामा आपत्ति जनाउँदै परिर्वतनका लागि लडेका योद्धालाई स–सम्मान रिहाइ गर्न माग गर्नुभयो । प्रदेशसभा सदस्य पियारी थापाले जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको तलबलगायत सेवा सुविधामा वृद्धि हुँदा नागरिक महङ्गीको मारमा परेको बताउँदै खाद्यपदार्थको अत्यधिक मूल्य वृद्धि रोक्न माग गर्नुभयो ।

प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले गोर्खाको सिरानचोक, सुलीकोटलगायत स्थानमा बाढीपहिरोबाट स्थानीयवासीका घरगोठमा क्षति पुगेकाले राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य राजीव पहारीले छ महीनाभित्र फेवाताल वरपरका अनाधिकृत संरचना हटाउने सन्दर्भमा सर्वोच्च अदालतको फैसलाको समयसीमा सकिएको र कार्यान्वयन गर्नका लागि उच्चस्तरीय समिति गठन गरिए पनि परिणाममुखी काम नभएकोमा चिन्ता व्यक्त गर्नुुभयो ।

प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दा गाउँपालिकाको केन्द्र आउन पनि प्रदेश नं –५ भएर आउनुपर्ने बाध्यता रहेको बताउँदै स्थानीयवासीलाई सहज हुने गरी सडक निर्माण गर्न माग गर्नुभयो । प्रदेशसभा सदस्य कोपिला बोहोरा, चिन्तबहादुर घले, धनञ्जय दवाडी र विन्दुकुमार थापाले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक साउन २० गते अपराह्न १ बजे बस्ने छ । रासस

Space for Ads 1200px * 150px
जन्मदिनको अवसरमा वृक्षरोपण गरौंः कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जन्मदिनको अवसरमा वृक्षरोपण...

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

बुटवल : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले...

फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ : राष्ट्रपति ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक...

तनहुँ स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

दमौली : सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण...

गल्याङ एफएमको साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न

गल्याङ : स्याङजाको गल्याङ नगरपालिका – ११ मा अवस्थित गल्याङ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

चापाकोटमा रुखले च्यापिएर महिलाको मृत्यु

चापाकोट : स्याङजाको चापाकोटमा  रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology