Saturday 21st September 2019

सरकारको खबरदारी गरिरहेका छौँ : सभापति देउवा

वालिङ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांगे्रस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस जिल्ला सभापति एवं संविधान सभा सदस्य स्व. कमलप्रसाद पंगेनीको प्रथम स्मृति सभामा बोल्दै सभापति देउवाले काँग्रेस संविधानको अक्षरस पालनाको पक्षमा रहेको भन्दै कांगे्रसकै सक्रियतामा संविधान बनेको र यसको कार्यान्वयन र संरक्षणमा काँग्रेसको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । वर्तमान परिप्रेक्षमा काँग्रेस प्रमुख प्रतिपक्षीको भुमिकामा रहेको भन्दै सभापति देउवाले भन्नुभयो, “सरकारको खबरदारी गरिरहेका छौँ ।

सरकारको राम्रा काममा सर्मथन र मुलुकलाई अहित हुने काममा खबरदारी गरी प्रमुख प्रतिपक्षीको भुमिकामा काँग्रेस छ ।” स्व. पंगेनीको स्मरण गर्दै सभापति देउवाले युवा एवं कर्मठ नेता पार्टीले गुमाएको भन्दै राम्रा कामले मात्रै स्व. पंगेनीप्रति सच्चा श्रद्धान्जली हुने बताउनुभयो । सरकारका गतिविधि संविधान विपरित भईरहेको भन्दै सभापति देउवाले भन्नुभयो, “मुलुक र जनताको हित विपरित सरकारका गतिविधि देखिएको छ । जनतालाई सचेत गराउँदै राष्ट्र हित विपरित भएका गतिविधि रोक्न प्रतिपक्षी दल लागिपरेको छ ।”

कार्यक्रममा कागे्रस केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले धेरै काम पुरा गर्न बाँकी रहेको भन्दै बाँकी काम पुरा गरी कागे्रस जनताको प्यारो पार्टी बन्ने दावी गर्नुभयो । नेता श्रेष्ठले स्याङ्जाका विकास निर्माणका लागी स्व. पंगेनीको ठुलो भुमिका रहने भन्दै अधुरा सपना पुरा गरी पंगेनीप्रति श्रद्धान्जली आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा अर्का केन्द्रिय सदस्य धनराज गुरुङले स्व. पंगेनी प्रत्येक जनताको मन मस्तिष्कमा रहेको भन्दै उहाँले देखाउनुभएको बाटो सबै युवाले अबलम्बन गर्नुपर्ने बताउनुभयो । स्व. नेता देश र समाज विकासका लागी समर्पित नेता भएको स्मरण गर्दै जंल, जमिन र जंगलको सही सदुपयोग गर्नुपर्ने उहाँका भनाईलाई साकार पार्नुपर्ने बताउनुभयो ।

काँग्रेस का केन्द्रिय सदस्य गगन थापाले सरकार असफलतातिर धकेलिएको बताउनुभएको छ । सरकारले प्रेस स्वतन्त्रता, मानव अधिकार सबै अधिकारलाई कुण्ठित पार्दै दुई तिहाईको दम्भ देखाएको आरोप लगाउनुभयो । सरकार बेथिति र भ्रष्ट्राचारमा घेरिएको भन्दै नेता थापाले भन्नुभयो, “सरकार काण्डैकाण्डले घेरिएको छ । जनताका अधिकार केन्द्रित गर्दै संविधान विरुद्ध कार्यमा उद्धत देखियो । ” नेता थापाले कागे्रंस हराएर स्याङ्जा जानु भन्ने कथनलाई जिवित राख्न स्याङ्जाली कागे्रसबीचमा एकता र दृढ संकल्प हुुनुपर्ने बताउनुभयो । संगठन विस्तार गरी काँग्रेस का योगदान र सर्मपणलाई जनतामाँझ पुर्नताजगी गराउनुपर्ने बताउनुभयो । नेता थापाले भन्नुभयो, “काँग्रेस एक ढिक्का भएर लागे अवको निर्वाचनमा कागे्रस पहिलो बन्नेछ ।” नेता थापाले स्व. पंगेनी कर्तव्यनिष्ठ कर्मठ नेताको रुपमा रहनुभएको र उहाँका अधुरा सपना पुरा गर्न पार्टी कटिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र न्यौपाने, रुपन्देहीका सभापति अब्बदुल रजाक, कास्कीका सभापति कृष्ण केसी, पुर्व सांसद खगेन्द्रराज रेग्मी, पुर्व सांसद शंकरप्रसाद पाण्डे, नेता रामचन्द्र पोख्रेल, संविधान सभा सदस्यहरु मोहनप्रसाद पाण्डे, शारदा पौडेल, राजु थापा, प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, नेकपाका नेता सन्तोष केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, भीरकोट नगरप्रमुख छायाराम खनाल, नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष सरस्वति अर्याल, क्षेत्रिय सभापतिद्धोय तुल्सीराम रेग्मी र अर्जुनप्रकाश अर्याल, स्व. पंगेनीकी छोरी कान्ती पंगेनी, स्मारीका संयोजक जिवलाल काफ्ले, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माललगायतले स्व. पंगेनीको चर्चा गरेका थिए । कार्यक्रममा कमल पंगेनी स्मारिका विमोचन गरीएको छ । काँग्रेस जिल्ला कार्यबहाक सभापति कुमार रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यष प्रेमराज पौडेल, सञ्चालन प्रवक्ता ईन्द्र गोदार र धन्यवाद तोयनाथ अर्यालले गर्नुभएको थियो ।

Space for Ads 1200px * 150px
यौन दुव्र्यवहारको आरोपमा पूर्वमन्त्री चिनमायानन्द पक्राउ

शाहजाहनपुर, उत्तर प्रदेश : युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा...

वासिङटन डि,सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

वासिङ्टन : उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा...

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको कटाक्ष

नयाँ दिल्ली : भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले...

विगतका फोटोप्रति क्यानडाका प्रधानमन्त्रीद्वारा क्षमायाचना

ओटावा : क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुुडोले विगतका फोटोहरूप्रति क्षमायाचना...

संविधानको जनभावनाअनुसार परिवर्तन गर्न सकिन्छ : मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान गतिशील...

पाल्पा रामपुरका तिमिल्सीनाले छोरो गुमाएको शोकमा गरे आत्महत्या

पाल्पा : पाल्पा रामपुर नगरपालिका वडा नं. १० हेक्लाङ्गमा छोरो गुमाएको...

नेपाल बैंकमा खुल्यो सातै प्रदेशमा जागिर, सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म माग

काठमाडौं : नेपाल बैंक लिमिटिेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको...

पहिरोको जोखिम व्यवस्थापन

हरेक वर्ष जाने पहिरोबाट १०० जना बढी मानिसको मृत्यु र करोर्डौं...

चापाकोटमा हिजो नेकपा प्रवेश गरेका युवा आज काँग्रेसमा प्रवेश

चापाकोट : चापाकोट नगरपालिकाको वडा नं. २ र ८ को जागरण...

विषयगत प्रश्नोत्तरः कस्तो छ पदपूर्ति व्यवस्था ?

१. निजामती सेवालाई समावेशी बनाउन कस्तो किसिमको पदपूर्तिसम्बन्धी व्यवस्था अपनाइएको छ...

टिका सानुको ‘आउदा दशैं तिहार’ सार्वजनिक

काठमाडौं : टिका सानुको ‘आउदा दशैं तिहार’ बोलको गीत सार्वजनिक भएको...

गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल विजयी

गल्याङ : गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा यज्ञप्रसाद अर्याल विजयी भएका...

गण्डकी प्रदेशको सहमतिबिना कालीगण्डकी नदी डाइभर्सन नसोचे हुन्छ : मुख्यमन्त्री गुरुङ

काठमाडौं: मुलुक संघीयतामा गएसँगै प्राकृतिक स्रोतमाथिको अधिकारको विषयलाई लिएर संघीय सरकार...

पार्टीले आदर्श र सिद्धान्तको विपरीत कार्य गरे : काँग्रेस नेता खगेन्द्र रेग्मी

स्याङजा : नेपाल तरुण दल भिरकोट नगर कार्यसमितिको आयोजनामा भिरकोटमा अन्तरकृया...

नेपाल बीउ व्यावसायि संघ स्याङ्जाको अध्यक्षमा डुम्रे

स्याङ्जा : नेपाल बीउ व्यावसायि संघ स्याङ्जाको अध्यक्षमा मिनराज डुम्रे चयन...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology