Saturday 24th August 2019

चकनाचुर पारिदियो सपना सबै, ग्रान्डीले

काठमाडौं : कति सपना देख्नुभएको थियो दोर्जे लामा र निशाले आफ्नो दोस्रो सन्तानका बारेमा १ तर यो सपना सबै चकनाचुर पारिदियो ग्राण्डी इन्टरनेशनल अस्पतालले । पहिलो बच्चा १० बर्ष भैसकेकाले दोस्रो बच्चाको योजना बुनेको दोर्जे दम्पत्तिले ग्राण्डीका डा। पवनराज पन्तसँग झण्डै डेढ बर्षदेखि सल्लाह लिँदै आएको थियो । डा। पन्तकै सल्लाहमा दोस्रो बच्चा जन्माउने योजना बनाउनुभएका उहाँहरू गर्भमा जुम्ल्याहा बच्चा बसेको खबरले थप गद्गद् हुनुभएको थियो ।

व्यवसायमा निकै व्यस्त दोर्जे जुम्ल्याहा जन्मिने खुशीले श्रीमती सुत्केरी हुने २ महिनाअघिदेखि अस्पतालकै सल्लाहबमोजिम श्रीमती र पहिलो सन्तानको रेखदेखमा तल्लीन हुँदैआउनुभएको थियो । तर त्यस्तो खुशी छाएको ९ महिना पनि नबित्दै कहिल्यै नमेटी पीडा आइलाग्यो । १८ दिनको एउटा नवजात शिशु काखमा समेत लिन पाउनुभएन उहाँहरूले । यो पीडा स्त्रीरोग विशेषज्ञ पन्तले भन्दा पनि ग्राण्डीको एनआइसियू विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीको हदै सम्मको लापरवाही र व्यवस्थापन पक्षको कमाउधन्दाले दिएको थियो । यस्तै ठम्याई छ मृतक नवजात शिशुका पिता दोर्जेको । यो समाचार आजको नेपाल समाचार पत्रमा भगवती तिमल्सिनाले लेखेका छन् ।

दोर्जे भावुक हुँदै भन्नुहुन्छ–जुम्ल्याहामध्येको ठूलो बच्चा त्यस्तो लापरवाहीले गुमाउनुप¥यो भने त्यही ग्राण्डीमाा राखेको भए सानो बच्चा पनि देख्न नपाउने रहेछौँ, श्रीमती निशा त पटक पटक मूर्छा पर्छिन् । सानो बच्चा जोगाउन तिम्रो खाँचो छ भन्दै सम्झाएर होसमा ल्याउनुपरेको छ उनलाई ।’

दोर्जे रोकिनै सक्नुहुन्न । उहाँ खुल्न मात्र चाहनुहुन्छ र थप्नुहुन्छ–२४ सैं घण्टा चिकित्सक र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गराइने एनआईसियुमा दोर्जेको दुईट बच्चा अक्सिजनसमेत लाउनु नपर्ने अवस्थामा गत असार २० गते जन्मेका थिए । तर ठूलोमा समस्या आएको देखाई एनआईसीयुमा राखी चाहिने÷नचाहिने अनेक खालका परीक्षण गरियो । तर १७ हौँ दिनमा एकाएक सोही बच्चामा अक्सिजन कम भयो भनी अक्सिजन चलाउने जानकारी गराइयो । त्यसपछिलगत्तै २ घण्टा बित्न नपाउँदै भेन्टिलेटरमा राख्नुपर्ने निर्देशन आयो ।

त्यसको १२ घण्टा नबित्दै बच्चा बचाउन नसकेको भन्ने खबर आयो । दोस्रो बच्चा पनि पीडित छ । एउटा हातको घाउ पाकिसकेको छ भने अर्को हातमा पूरा निलो छ । त्यहाँबाट निशान अस्पताल नलगेको भए सानो बच्चाको पनि त्यही हालत हुने थियो । ग्राण्डीले राक्षसी व्यवहार गरेर एउटा बच्चा मारिदियो, अर्कोलाई असक्त बनायो । निशान अस्पतालले भने ग्राण्डीले अत्यन्तै जटिल अवस्थामा पु¥याएको बच्चाको उपचार गरेर सकुशल फर्काइदियो । हाम्रा जीवनमा निशानका चिकित्सकहरु भगवान नै भैदिए ।’

आफूहरूलाई जस्तै बज्रपात कसैलाई नपरोस् भनेर शुभचिन्तक र आमसञ्चारमाध्यमहरूले साथ दिइरहेको दोर्जे बताउनुहुन्छ । अस्पताल पक्षले आन्तरिक रुपमा घटना मिलाउन मंगलबार नै आग्रह गरे पनि अस्पताल सञ्चालककै समय नमिलेकाले बुधबार वार्ता रद्द गरेको थियो ।

दोर्जेको परिवारले ग्राण्डीमा मृत्यु भएको बच्चाको लाश अहिलेसम्म बुझेको छैन । ग्राण्डीले सार्वजनिक रुपमै गल्ती स्वीकार नगरे र सरकारले छानविन समिति नबनाएसम्म लाश नबुझ्ने उनीहरूको अडान छ ।

सोही अस्पतालका निर्देशक डा।चक्रराज पाण्डेले भने महाराजगंज प्रहरी बिटबाट खटिएका प्रहरीको रोहबरमा अस्पताल र चिकित्सक कर्मचारीको कमजोरी स्वीकारे पनि उनीहरुउपर कुनै कारवाही नभएको बताउनुभयो ।
यसैबीच नेपाल मेडिकल काउन्सिलले बुधबार यसै बिषयमा उक्त अस्पतालसँग यथार्थता माग गरेको छ ।

यति मात्र हैन एक महिनाअगाडि पनि ग्राण्डी अस्पतालकै एनआईसीयूमा भएको लापरबाहीका कारण सञ्जीव न्यौपानेको बच्चामा एनआईसियू कक्षमै संक्रमण भै ५ पटकसम्म शल्यक्रिया गर्दा जिर्ण बनाएको थियो । उक्त बिषयमा छानविनका लागि मुद्दा दायर भएकाले काउन्सिलले त्यस बिषयमा स्पष्टीकरण माग गरेको छ । काउन्सिलले लिखित उत्तरसहित एनआईसीयू विभाग र अस्पतालका प्रमुखलाई काउन्सिलमा बोलाएको स्रोतले जनाएको छ ।

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology