Saturday 24th August 2019

रामपुरको दरैठाँटी शैक्षिक आकर्षणको केन्द्र बन्दै

बेझाड : रामपुरको दरैठाँटी माविमा दरै समुदायको चिनारीका रूपमा रहेको ठाँटी (भवन) शैक्षिक आकर्षणको केन्द्र बनेको छ । दरै समुदायको पुरानो झ–झल्को दिन यहाँ ठाँटी निर्माण गरेपछि विद्यालय प्रवेश गर्ने बित्तिकै सबैको मन यही ठाँटीमा तानिने गर्छ । विसं २०१७ मा साविक रामपुर गाविस–३ हालको रामपुर नगरपालिका–५ को बेझाड बजारमा रहेको दरैको ठाँटी (गोठजस्तो भवन) बाट विद्यालय सञ्चालन गरिएको हो ।

काठैकाठबाट दुईतलाको आकारमा टिनले छाएर ठाँटी बनाइएको छ । यहाँ ठाँटी बनाएपछि धेरैले दरै समुदायको इतिहासबारे जानकारी लिन र अवलोकन गर्न विद्यालयमा आउने गर्छन् । विद्यालयको शुरुआत भएको ठाँटी (भवन) जीर्ण भई भत्कन पुगेपछि यसको पुरानो शैलीलाई जीवन्तता दिन ठाँटी निर्माण गरिएको प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताउनुभयो ।

“विद्यालय सञ्चालन भएको पुरानो ठाँटी जोगाउन नसकिए पनि त्यसकै स्वरूपमा नयाँ ठाँटी निर्माण गरेका हौँ, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालयमा आउने आगन्तुकको ध्यान अहिले यही ठाँटीले तानिरहेको हुन्छ”, प्रअ देवकोटाले भन्नुभयो । ठाँटीले धेरैको ध्यान केन्द्रित गराए पनि दरै समुदायका बालबालिकाको ध्यान भने यतातिर तानिएको पाइँदैन । नजिक र पायक पर्ने स्थानमा विद्यालय सञ्चालनमा आएपछि विद्यार्थी यस विद्यालयको सट्टा अन्यत्र विद्यालयमा जाने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुदनप्रकाश रेग्मी बताउनुहुन्छ ।

“दरै समुदायका बालबालिकालाई यस विद्यालयले पनि शैक्षिक सेवा सुविधा दिनेछ तर विद्यार्थी उपस्थिति छैन, दरै समुदायकै बस्ती नजिकै सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा रहेकाले त्यही नै पठनपाठन गरिरहेका छन्”, उहाँले भन्नुभयो । दरै समुदायले रामपुर नगरपालिका क्षेत्रमा राम्रै पहिचान बनाएका छन् । रामपुर नगरपालिका–५ स्थित बेझाड बजार नजिकै दरै समुदायको बाक्लो बस्ती छ ।

बाउबाजेले बनाएको ठाँटीबाट सञ्चालन भएको विद्यालयले पुरानो स्वरूपलाई जगेर्ना गर्न र नयाँ पुस्तालाई पनि दरैको चिनारी झल्काउन गरेको यो कार्य राम्रो रहेको दरै समुदायका अगुवा छमबहादुर दरैले बताउनुभयो । बस्ती नजिकका विद्यालयमै पठनपाठनका लागि आवतजावत गर्न सहज भएपछि पुरानो समुदायको इतिहास बोकेको यस विद्यालयमा जाने बालबालिका भने नभएको उहाँको भनाइ छ ।

“विद्यालयले दरै समुदायका बालबालिका ल्याउन अनुरोध पनि गरिरहेको छ, बस्तीभन्दा करीब आधा घण्टा पैदल दूरीमा यो विद्यालय रहेकाले आउन जान झमेलाका कारण अभिभावकले नजिकका विद्यालयमा बालबालिका भर्ना गरिदिएका छन्”, उहाँले भन्नुभयो ।

पाल्पाको चिदीपानीबाट शिक्षक शिवप्रसाद पन्थीलाई रामपुरका स्थानीयवासी तीर्थप्रसाद भट्टराईले झिकाएर दरैको ठाँटीबाट पठनपाठन शुरु गरिएको हुनाले यस विद्यालयको नाम दरैठाँटी रहन गएको हो । दरै समुदायलाई विद्यालय तहसम्म ल्याउनका लागि पनि दरैको ठाँटीमै बसेर पठनपाठन शुरु गरेको बुढापाका बताउँछन् । रामपुरमा आजभन्दा १५० वर्ष अघिदेखि दरै समुदायले बसोबास गर्दै आएका छन् ।

पुरानो ठाँटी भत्किएपछि विसं २०२१ मा रामपुरको बेझाड बजारबाट सानीअमराई भन्ने स्थानमा विद्यालय स्थानान्तरण गरियो । विसं २०२२ देखि २०३२ सम्म सानीअमराईमा सञ्चालन भएको विद्यालय २०३३ देखि हालसम्म विजयपुरमा सञ्चालन भइरहेको छ । दरैको ठाँटीबाट शुरु भएको विद्यालयमा अहिले तीनवर्षे सिभिल इञ्जिनीयरिङसम्मको कक्षा सञ्चालन भइरहेको छ । सानो गोठजस्तो ठाँटीबाट शुरु भएको विद्यालय अहिले जिल्लामै सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

विद्यालय सञ्चालनमा दरै समुदायले राम्रो भूमिका खेले पनि यहाँसम्म दरै समुदायका बालबालिका पुग्न सकिरहेका छैनन् । यस समुदायकै बालबालिका अझै पनि विद्यालयमा नियमित नहुँदा सबैको चासोको विषय बनेको छ । रासस

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology