Saturday 24th August 2019

अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या बढ्दो

चितवन : प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ ।

गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन् । तीमध्ये १३ हजार ३२७ जीवित बच्चा जन्मेका थिए भने बाँकी मृत अवस्थामा जन्मेका थिए ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हरेक वर्ष सुत्केरी हुने आमाको सङ्ख्या बढ्दो छ । प्रसूतिगृह पछि सबैभन्दा बढी बच्चा यही अस्पतालमा जन्मने गर्दछन् । अघिल्लो आवमा १३ हजार ५२५ महिलाले बच्चा जन्माएका थिए । आव २०७३÷७४ मा यो सङ्ख्या १२ हजार ९८० रहेको थियो ।

गत आवमा बच्चा जन्माउनेमध्ये चार हजार ६७ जनाको शल्यक्रिया गरिएको थियो भने अन्यको सामान्य ढङ्गबाट सुत्केरी गराइएको पौडेलले जानकारी दिनुभयो । विगतका वर्षहरुमा पनि यही अनुपातमा शल्यक्रिया हुने गरेको छ ।

अस्पतालमा आउने बिरामीको सङ्ख्या धेरै रहेको छ । विभिन्न कारणले आमा र शिशुको उपचारका क्रममा मृत्यु हुने गरेको अस्पतालले जनाएको छ । सूचना अधिकारी पौडेलका अनुसार गत आवमा चार जना आमाको मृत्यु भएको थियो भने अघिल्लो आवमा यो सङ्ख्या पाँच रहेको थियो । जन्मिएपछि गत वर्ष ३१ जना शिशुको निधन भएको थियो । उहाँका अनुसार अघिल्लो आवमा यो सङ्ख्या २७ रहेको थियो ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार ठूलो सङ्ख्यामा प्रसूति हुने क्रममा विभिन्न कारणले आमा र बच्चाको निधन हुने गरेको छ । यो सङ्ख्या राष्ट्रिय रुपमा कम रहेको र अझै तल झार्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा रहेका पुराना, अनुभवी र दक्ष चिकित्सक एवं नर्सिङ कर्मचारीहरुका कारण सबै तिरबाट बच्चा जन्माउनका लागि यहाँ आउने गरेको पोख्रेलको भनाइ छ । बच्चा जन्माउने काममा ८५ प्रतिशत भूमिका नर्सिङ कर्मचारीहरुको हुने चिकित्सकहरु बताउँछन् । भरतपुर अस्पतालमा ३५ वर्षदेखि प्रसुती विभागमा काम गरेका अनुभवी कर्मचारी रहेका छन् । पोख्रेलका अनुसार प्रसूति कक्ष ९लेवर रुम० मा १९ जना नर्सिङ कर्मचारी रहेको र उनीहरु चौबिसै घण्टा उपलब्ध हुने गरेका छन् ।

अस्पतालमा १० जना प्रसूतिका विशेषज्ञ चिकित्सक रहेका छन् । पोख्रेलका अनुसार छिमेकी मेडिकल कलेज, क्यान्सर अस्पताल र अन्य अस्पतालहरुका चिकित्सकले पनि आफ्ना आफन्तहरु प्रसूति गराउन भरतपुर अस्पताल नै ल्याउने गर्दछन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले दक्ष जनशक्ति, चौबिसै घण्टा चिकित्सकसहितको सेवा, बिरामीलाई दिइने प्राथमिकता, निःशुल्क प्रसूति सेवा लगायतका कारण यो अस्पतालमा प्रसूति गराउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको बताउनुभयो । अस्पतालमा छुट्टै सुविधासम्पन्न प्रसूतिगृह निर्माण गरी शिशु सघन उपचार कक्षको क्षमता विस्तार गर्न आफू लागिपरेको मेडिकल सुपरिटेन्डेन्ट डा तिवारीले बताउनुभयो ।

अस्पतालमा नै देशभरका नर्सहरुलाई तालीम दिने केन्द्र रहेको भन्दै उहाँले यहाँका दक्ष नर्सिङ कर्मचारीका कारण प्रसूतिमा थप सहजता आएको बताउनुभयो । निजीमा प्रसूति गराउँदा ठूलो रकम खर्च हुने भए पनि सरकारी अस्पतालमा निःशुल्क प्रसूति सेवा र शिशु सघन उपचार कक्षमा सेवा प्राप्त हुने भएकाले सबैलाई सहजता मिलेको उहाँले बताउनुभयो । निजी अस्पतालमा शल्यक्रिया गरेर बच्चा झिक्न रु ५० हजार हाराहारी खर्च हुने गर्दछ । सरकारी अस्पतालमा प्रसूति गराउँदा यहाँको जन्म प्रमाणपत्रपछि सम्म काम लाग्ने र भरपर्दो हुने गर्दछ ।

महिलाले सुत्केरी हुनुअघि कम्तीमा चार पटक गर्भ परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणलाई अझ बढी व्यवस्थित गर्नका लागि अस्पताल प्रशासन लागिपरेको उहाँको भनाइ छ । नयाँ भवन भएसँगै सबै व्यवस्थित हुने उहाँले जानकारी दिनुभयो ।

अस्पतालको शिशु सघन उपचार कक्ष १२ श्ययाको मात्र रहेको छ । जसका कारण यहाँ आमा राखेर श्ययाको अभावमा शिशुलाई अन्य अस्पतालको शिशु सघन उपचार कक्षमा राख्ने बाध्यता रहेको छ । रासस

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology