Saturday 24th August 2019

नगरपालिकाले दियो विद्यालयलाई ल्यापटप

ओखलढुङ्गा : सिद्धिचरण नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई ल्यापटप सहयोग गरेको छ । नगरक्षेत्रभित्र रहेका १३ वटा माविलाई ल्यापटप वितरण गरेको हो ।

माविका पठनपाठनलाई अहिलेको प्रविधिसँग जोड्दै कागजविहीन शिक्षा पद्धतिको विकास गर्ने उद्देश्यले विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको नगर प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाभित्र रहेका १२ वटा माविलाई १२ थान र रुम्जाटार माविलाई चार थान गरी १६ थान ल्यापटप वितरण गरिएको छ ।

नगरपालकाभित्र रहेका १५ वटा माविमध्ये १३ वटा माविलाई मात्र ल्यापटप वितरण गरिएको हो । कडेनी मावि कडेनी र पुण्यमाता मावि बेतिनीलाई नगरपालिकाबाट शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्न भनी आवश्यक कम्प्युटर, इन्टरनेट जडानका लागि रु छ लाख ५० हजारका दरले अनुदान दिइसकेकाले यसपटक ल्यापटप नदिएको नगरपालिका शिक्षा शाखा प्रमुख नरेन्द्रराज राईले बताउनुभयो ।

ल्यापटपले अहिलेको आधुनिक शिक्षा प्रणालीमा विद्यार्थीहरुको पठनपाठनलाई सहयोग गर्ने सगरमाथा जनता माध्यमिक विद्यालय ओखलढुङ्गाका प्रधानाध्यापक माधवप्रसाद मास्केले बताउनुभयो । अहिले धेरै शिक्षकलाई कम्प्युटरसम्बन्धी ज्ञान भए पनि आफूलाई यससम्बन्धी ज्ञान नभएको प्रधानाध्यापक मास्केको भनाइ छ ।

कागजरहित शिक्षाको अवधारणासहित नगरपालिकाभित्र रहेका हिमालय मावि निशङ्खे, जनचेतना मावि भोर्ले, नारायणस्थान मावि, जाल्पा मावि गैरीगाउँ, चम्पादेवी मावि सल्लेरी, कुन्ता मावि ज्यामिरे, सगरमाथा जनता मावि, राज्यलक्ष्मी मावि सानिटार, जन्तरखानी मावि नवज्योति मावि मैदाने, कालिका मावि रुप्से र विगुटार माविलाई एक–एक थान ल्यापटप वितरण गरिएको जनाएको छ ।

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology