Saturday 24th August 2019

पाल्पामा एउटा शिक्षकका भरमा विद्यालय

बेझाड : तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय एक शिक्षकको भरमा सञ्चालनमा छ । यहाँ छ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ ।

विद्यालयमा महीनाभरिमा दश दिनमात्र पढाइ हुने गरेको छ । अरु दिन विद्यालय खोल्ने र बन्द गर्ने मात्र काम हुन्छ । चालू शैक्षिक सत्रमा छ विद्यार्थी विद्यालयमा भर्ना भएका छन् । उनीहरुमध्ये चार विद्यार्थी एकै परिवारका तथा बाँकी दुई छुट्टाछुट्टै परिवारका हुन् । विद्यार्थी नियमित नआउँदा दश दिनभन्दा बढी पढाइ नहुने सो विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढकाल बताउनुहुन्छ ।

“बस्ती पातलिँदै गएको छ, गरीब तथा विपन्न परिवारको मात्र बसोबास छ, विद्यालय जानुपर्छ भन्ने मानसिकता अभिभावक र विद्यार्थीमा छैन”, उहाँले भन्नुभयो । विद्यालय जानेभन्दा उनीहरु दाउरा खोजेर सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा आसपासका होटलमा बिक्री गर्न जाने गरेका छन् ।

विद्यार्थी सङ्ख्या घटदै गएपछि तथा विद्यार्थी नियमित विद्यालय आउन छाडेपछि सहायक प्रधानाध्यापकका रुपमा कार्यरत दामोदर घिमिरेले वैशाख २१ गते राजीनामा दिनुभयो । अहिले प्रधानाध्यापक ढकाल एक्लैले विद्यालय चलाउनुभएको छ । उहाँ पनि विद्यार्थी राजीनामा दिने तयारीमा हुनुहुन्छ । ढकालले २०६१ जेठ १ देखि विद्यालयमा पढाउँदै आउनुभएको हो । “भदौ १ गतेदेखि स्थानान्तरणको प्रक्रिया अगाडि नबढे राजीनामा दिने सोच बनाएको छु”, उहाँले भन्नुभयो । विद्यालयमा एक जना कार्यालय सहयोगी पनि हुनुहुन्छ ।

हाल कक्षा १ मा एक, कक्षा २ मा दुई र कक्षा ३ मा तीन विद्यार्थी अध्ययनरत छन् । उनीहरु सबैलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयमा कार्यालयसहित चार कोठा छन् । भौतिक पूर्वाधारको समस्या छैन । विद्यालय बेँशीमा सञ्चालन गर्न सके विद्यार्थी सङ्ख्या बढ्ने देखिन्छ । विद्यालय स्थानान्तरणका लागि सरोकारवाला निकायले चासो दिएको पाइँदैन । गत वर्ष यहाँ तीन शिक्षक कार्यरत थिए ।

विद्यार्थी न्यून भएपछि सहायक प्रअ र निजी स्रोतका शिक्षकले राजीनामा दिएका हुन् । गत शैक्षिक सत्रमा १० विद्यार्थी भर्ना भएका थिए । गाउँबाट बसाइँसराइ गरेर अन्यत्र जाने क्रम बढेकाले ग्रामीण भेगका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले बताउनुभयो ।

“न्यून विद्यार्थी भएका विद्यालयलाई नजिक पायक पर्ने विद्यालयमा समायोजना गरेर वा स्थानान्तरण गरेर सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो । अभिभावकको जोड सकेसम्म आफ्ना नानीहरुलाई घाँसपात, मेलापात र घरधन्दामै लगाउन पाए हुन्थ्यो भन्नेमा छ । अभिभावकसँगै जङ्गलमा दाउरा खोज्ने र राजमार्गका छेउछाउका होटलमा बिक्री गर्नमै उनीहरु व्यस्त रहेको पाइन्छ । रासस

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology