Saturday 24th August 2019

स्याङ्जाका सरकारी कार्यालयमा छड्के, पैँतिस प्रतिशत कर्मचारी अनुपस्थित

वालिङ् : जिल्ला प्रसासन कार्यालय स्याङ्जाले सोमबार यहाँका सरकारी कार्यालयमा छडके अनुगमन गरेको छ । सरकारी कार्यालयमा कर्मचारी अनुपस्थित हुने गरेको समाचार देशभरी आईरहँदा स्याङ्जामा गरिएको छड्के अनुगमनले कर्मचारीलाई सजग बनाएको छ ।

सोमबार प्रशासन कार्यालयबाट खटाईएको ४ टोलीले यहाँका कार्यालयहरुमा छड्के गरेको थियो । यहाँका संघ र प्रदेश अन्र्तगतका २० कार्यालयमा सोमबार छड्के गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभयो । छड्केका क्रममा ३५ प्रतिशत ९६ जना अनुपस्थिती देखिएको हो ।

छड्केमा परेका सबै कार्यालयका हाजिरी रजिस्टर छड्के टोलीले प्रसासन कार्यालयमा लगेर हेरिएको थियो । छड्के परेका कार्यालयका २७४ कर्मचारीमा १९ अधिकृत र ७७ अन्य कर्मचारी कार्यालय हाजिरी नभएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानाकारी दिनुभयो ।

यहाँका खानेपानी डिभिजन, नापी र घरेलुका सबै कर्मचारी काममा उपस्थित भएको थिए भने कामको लागि समयमै कार्यालय नजाने कार्यालयमा सबै भन्दा धेरै ५६ जना कर्मचारी रहेको जिल्ला अस्पतालमा ८ अधिकृत सहित ३६ जना रहेका छन् । जिल्ला अस्पतालका डा शुशिल मरासिनी बैशाखबाट कार्यालयमा अनुपस्थित रहनु भएको छ भने अस्पतालका प्रमुख डा अमृत पोख्रेल साउन १३ गतेबाट अनुपस्थित रहनु देखिएको छ ।

मुख्य संबेदनशिल मानिने अस्पतालमा एकै पटक सबै अधिकृत उपस्थित नहुँनु दुखद बिषय भएको निरौलाले बताउनुभयो । डा मरासिनी असार मसान्त सम्मको बिदा लिएर अमेरिका र डा पोख्रेल दुई हप्ते बिदामा रहनु भएको निमित्त प्रमुख रन्जु पोख्रेलले बताउनुभयो । त्यस्तै आयोजना कार्यान्वय इकाई (शिक्षा) मा १० जना कर्मचारी रहेकोमा सबै कर्मचारी काज लिएर बसेको भेटिएको प्रजिअ निरौलाले बताउनुभयो ।

यस्तै जिल्ला तथ्याङक कार्यालयमा ११ जना कर्मचारी रहेकोमा ९ जना कर्मचारी फिल्ड लेखेर बिदामा बसेको देखिएको छ । अनुपस्थित कर्मचारीलाई स्पष्टिकरण सोधिने र बिदा नलिनेको गयल कट्टा हुने बताउदै प्रजिअ निरौलले गयल कट्टा हुने कर्मचारीको गयल बराबर सेवा अवधि कम हुने सरकारी नियम रहेको बताउनुभयो ।

कार्यालय छड्केमा कृषि ज्ञान केन्द्रमा ५ जना, जिल्ला स्वास्थ्यमा २, कोलेनिकामा १, बिद्युतमा १, हुलाकमा ७, जलश्रोत तथा सिचाई बिकास डिभिजनमा ४, आर्युबेद २, राष्ट्रिय पुनर्निर्माणमा ८, जिल्ला समन्वयमा ४, डिभिजन बन ७, शिक्षा बिकास तथा समन्वय इकाईमा १, भेटनरी अस्पतालमा ३, मालपोतमा १, सुन्तला जोनमा ६ जना कर्मचारी अनुस्थिती रहेको निरौलाले बताउनुभयो ।

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology