Saturday 21st September 2019

कर्मचारीको क्षमता विस्तार गर्न वित्त व्यवस्थापन तालिम

काठमाडौं : संघीय शासकीय प्रणाली अन्तरगतका कर्मचारीहरुलाई तदनुरुपको क्षमता विकास गरी कार्यदक्षता वृद्धि गर्ने उद्देश्यका साथ सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले पहिलो पटक नवीन तालीम प्रणालीको शुरुवात गरेको छ । कर्मचारी संघ प्रदेश र स्थानीय तहमा समायोजन भएर गएपछि उनीहरुको क्षमता वृद्धि र वृत्ति विकास गर्न तालिम सञ्चालन गरिएको हो ।

३२ कार्यदिन रहने गरि आज वाट शुरु भएको आर्थिक प्रशासन सम्बन्धी तालिममा लेखा समूहका ३० जना कर्मचारी सहभागी रहेका छन् जसमा संघ, प्रदेश र स्थानीयतहमा समायोजन भएकाकर्मचारीहरुको सहभागिता रहेको छ ।

कर्मचारीहरुले सार्वजनिक वित्त व्यवस्थापनका विविध आयाम, आर्थिक प्रशासन, सार्वजजिक खरिद, तीनै तहको आर्थिक कार्य प्रणाली, बजेट, वित्त हस्तान्तरण, आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक र अन्तिम लेखा परीक्षण, प्रतिवेदन प्रणालीका वारेमा सैध्दान्तिक, व्यवहारिक तालिम लिनेछन् र मामिला अध्ययन तयार गरी त्यसको प्रस्तुति गर्नेछन् ।

आजबाट शुरु भएको तालिममा महालेखानियन्त्रक सूर्य प्रसाद गौतमले संघीय आर्थिक प्रशासनलाई मर्यादित बनाउन लेखाअधिकृतहरुको भूमिका प्रभावकारी रहनु पर्ने कुरा वताउनु भयो । उपमहालेखापरीक्षक रामु प्रसादडोटेलले स्वच्छ र पारदर्शी आर्थिक प्रशासन अहिलेको अपरिहार्य आवश्यकता रहेको कुरा औल्याउनु भयो ।

तालिम प्रमुख दामोदर रेग्मीले कार्यक्षेत्रमा प्रभावकारी उपस्थिति रहने गरी तालिम कार्यक्रम संचालन गर्न प्रतिबद्ध रहेको भन्दै भोली देखि राजस्व समूहका ३० जनाको लागि संघीय राजस्व प्रणाली र यसको प्रभावकारितावारे तालिमा हुने वताउनु भयो । उहाँले राजस्व, आर्थिक प्रशासन र लेखा परीक्षण प्रशासनको क्षमताविकासको लागि सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले आफ्नो तालिम कार्यक्रम र प्रकाशनहरुलाई अन्तर्राष्टिय मान्यता अनुकुल बनाउदैँ लगेको र आगामी दिनमा संघीय संरचना अनुरुप तालिमहरुलाई बढी व्यवहारो उपयोगी बनाउदैँ जाने वताउनु भयो । हिजो मात्र राजस्व चुहावट नियन्त्रण र सम्पत्ति शुद्धिकरण नियन्त्रणको अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउने उपायको बारेमा एक हप्ते तालिम समापन भएको थियो ।

Space for Ads 1200px * 150px
यौन दुव्र्यवहारको आरोपमा पूर्वमन्त्री चिनमायानन्द पक्राउ

शाहजाहनपुर, उत्तर प्रदेश : युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा...

वासिङटन डि,सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

वासिङ्टन : उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा...

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको कटाक्ष

नयाँ दिल्ली : भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले...

विगतका फोटोप्रति क्यानडाका प्रधानमन्त्रीद्वारा क्षमायाचना

ओटावा : क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुुडोले विगतका फोटोहरूप्रति क्षमायाचना...

संविधानको जनभावनाअनुसार परिवर्तन गर्न सकिन्छ : मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान गतिशील...

पाल्पा रामपुरका तिमिल्सीनाले छोरो गुमाएको शोकमा गरे आत्महत्या

पाल्पा : पाल्पा रामपुर नगरपालिका वडा नं. १० हेक्लाङ्गमा छोरो गुमाएको...

नेपाल बैंकमा खुल्यो सातै प्रदेशमा जागिर, सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म माग

काठमाडौं : नेपाल बैंक लिमिटिेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको...

पहिरोको जोखिम व्यवस्थापन

हरेक वर्ष जाने पहिरोबाट १०० जना बढी मानिसको मृत्यु र करोर्डौं...

चापाकोटमा हिजो नेकपा प्रवेश गरेका युवा आज काँग्रेसमा प्रवेश

चापाकोट : चापाकोट नगरपालिकाको वडा नं. २ र ८ को जागरण...

विषयगत प्रश्नोत्तरः कस्तो छ पदपूर्ति व्यवस्था ?

१. निजामती सेवालाई समावेशी बनाउन कस्तो किसिमको पदपूर्तिसम्बन्धी व्यवस्था अपनाइएको छ...

टिका सानुको ‘आउदा दशैं तिहार’ सार्वजनिक

काठमाडौं : टिका सानुको ‘आउदा दशैं तिहार’ बोलको गीत सार्वजनिक भएको...

गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल विजयी

गल्याङ : गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा यज्ञप्रसाद अर्याल विजयी भएका...

गण्डकी प्रदेशको सहमतिबिना कालीगण्डकी नदी डाइभर्सन नसोचे हुन्छ : मुख्यमन्त्री गुरुङ

काठमाडौं: मुलुक संघीयतामा गएसँगै प्राकृतिक स्रोतमाथिको अधिकारको विषयलाई लिएर संघीय सरकार...

पार्टीले आदर्श र सिद्धान्तको विपरीत कार्य गरे : काँग्रेस नेता खगेन्द्र रेग्मी

स्याङजा : नेपाल तरुण दल भिरकोट नगर कार्यसमितिको आयोजनामा भिरकोटमा अन्तरकृया...

नेपाल बीउ व्यावसायि संघ स्याङ्जाको अध्यक्षमा डुम्रे

स्याङ्जा : नेपाल बीउ व्यावसायि संघ स्याङ्जाको अध्यक्षमा मिनराज डुम्रे चयन...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology