Saturday 24th August 2019

नेपाल-भारत मैत्री बसमा तस्करी

भैरहवा : घटना १ – ०७५ पुस १३ गते भैरहवा भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं। ३८ गुल्म रुपन्देही ९डण्डा० को संयुक्त टोलीले नयाँदिल्लीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३६२४ नम्बरको नेपाल–भारत मैत्री बसमा भन्सार छलेर भित्र्याउँदै गरेको अवस्थामा ८१ हजार रुपैयाँ बराबरको कपडा बरामद गर्यो। बरामद सामग्री, बस र बसका चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि भन्सारलाई बुझायो।

घटना २ . ०७६ बैशाख २२ गते सशस्त्र प्रहरीको डण्डा टोलीले नयाँदिल्लीबाट पोखरा जाँदै गरेको ना ६ ख १२८७ नम्बरको नेपाल–भारत मैत्री बसमा भन्सार छलेर भिœयाएको २ लाख ८ हजार बढी मूल्य बराबरको कपडा, नटबोल्टलगायत सामग्री बेवारिसे अवस्थामा बरामद गर्‍यो।

घटना ३. साउन २६ गते सशस्त्र प्रहरीको डण्डा टोलीले नयाँदिल्लीबाट बुटवल जाँदै गरेको लु १ ख ६६४९ नम्बरको नेपाल भारत चल्ने यात्रुवाहक बसमा फल्स बटन बनाएर भन्सार छली भिœयाएको ६ लाख ५० हजार रुपैयाँको कपडा बरामद गर्‍यो। बरामद सामग्रीसहित बस, बसका चालक र सहचालकलाई आवश्यक अनुसन्धानका लागि भन्सारलाई बुझायो।

यी प्रतिनिधिमुलक घटना मात्र हुन्। नेपाल–भारत चल्ने यात्रुवाहक बसमा कडाइका साथ जाँच नहुँदा तस्कर र अपराधीका लागि सुरक्षित माध्यम बनेको छ। बैशाखमा नयाँदिल्लीबाट भैरहवा नाका हुँदै काठमाडौं जाँदै गरेको ना ५ ख ७२४५ नम्बरको नेपाल–भारत मैत्री बसलाई सशस्त्र प्रहरीले कैलालीस्थित गड्डा चौकी नाकामा जाँच गर्दा विष्फोटक पदार्थ समेत फेला पारेको थियो। यो समाचार आजको अन्नपूर्ण पोष्टमा सलमान खानले छापिएको छ ।

नेपाल–भारतको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले सरकारीस्तरबाटै बस सेवा सुरु गरिएको हो। तर यो बस सेवा तस्कर र अपराधीका लागि सुरक्षित माध्यम बनेको देखिन्छ। यी बसहरु सीमानाका बाहेक भारतमा कतै जाँच हुँदैन। सरकारीस्तरबाट विशेष अनुमति प्राप्त गरी सञ्चालन हुने ‘नेपाल भारत मैत्रीपूर्ण बस’बाहेक नेपालस्थित भारतीय दुतावासबाट रुट परमिट लिएर निजी कम्पनीले पनि बस सञ्चालन गर्दै आएका छन्। ‘गोप्य सूचना पाएको बेला मात्र लुकाएर ल्याइएको ठूलो परिमाणमा अवैध सामग्री बरामद हुने गरेको छ’, सशस्त्र प्रहरी बल नेपाल नं। ३८ गुल्म रुपन्देहीका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर खातीले भने, ‘नियमित जाँच गर्दा यस्ता तस्करीका सामान सहजै भेटाउन सकिँदैन।’

तस्करले बसलाई ‘मोडिफाइड’ अर्थात बसमा फल्स बटन बनाएर तस्करी गर्ने गरेको पाइएको छ। जुन सहजै थाहा हुँदैन। नियमित जाँचका क्रममा भन्सार छलेर थोरै परिमाणमा भित्राइएका सामग्री बसबाट बरामद भइरहेको हुन्छ। भैरहवा नाकाबाट मात्र प्रायः दिल्ली–काठमाण्डौँ, पोखरा, नारायणघाट, बुटवल गरी दैनिक करिब १० वटा बस चल्ने गरेका छन्। यस्ता बसमा वीरगन्ज, नेपालगन्ज, बिराटनगर, कैलाली, कपिलवस्तुलगायत अन्य नाकाबाट पनि चल्छ।

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology