Saturday 24th August 2019

नेपाल-भारत पाइपलाइन उद्घाटन भदौमा

काठमाडौं : बहुचर्चित पेट्रोलियम पाइपलाइनको उद्घाटनहाइटेक प्रविधिमार्फत हुने भएको छ। पाइप ओछ्याउने काम शतप्रतिशत सम्पन्न भइसकेको छ। नेपाल र भारत सरकारको द्विपक्षीय छलफलमार्फत उद्घाटनगर्न हालसम्म दुईवटा मिति निर्धारण भएको छ।

भदौ १५ गते ९सेप्टेम्बर १ तारिख० र भदौ २४ ९सेप्टेम्बर १० तारिख० निर्धारण भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहज हुने गरी ती दुवैमध्ये एक छनोट गरिनेछ। यसरी छनोट भएको दिनमा हाइटेक प्रविधिमार्फत उक्त पाइपलाइनको उद्घाटनगर्ने तय भएको छ। उद्घाटनपश्चात यो पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुनेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्तरूपमा पाइपलाइन उद्घाटनगर्नेछन्। उदघाट्नका बेला भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद र नेपालका प्रधानमन्त्री ओलीले एकै समयमा रिमोट थिच्नेछन्। त्यो रिमोटको सेन्सरले कम्प्युटरको सेन्सरले समात्नेछ। यसरी कम्प्युटरले सेन्सरको सहयोगमा मोदीको रिमोट थिचाइले अमलेखगञ्जस्थित डिपोको युनिटको भल्व खुल्नेछ। यसपछि ओलीको रिमोट थिचाइले उक्त डिपोमा इन्धन खसालिनेछ। यो समाचार आजको अन्नपूर्ण पोष्टमादराजेश बर्माले लेखेका छन् ।

यो प्रविधिको प्रयोगसम्बन्धी जानकारी मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपो ९आईओसी०, अमलेखगञ्जको डिपोसहित हैदरावादस्थित मोदीको निबास र काठमाडौंको बालुवाटारस्थित ओलीको निबासमा जडान गरिएको विशेष प्रकारको भिडियो कन्फरेन्समार्फत एक अर्कालाई जानकारी दिइनेछ।

उदघाट्नसँगै पहिलो चरणमा पाइपलाइनमार्फत अमलेखगञ्जको डिपोमा डिजेल खसालिनेछ। नेपाल आयल निगमको अमलेखगञ्जस्थित क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवका अनुसार पाइपलाइनको काम सम्पन्न भए पनि अबको १५ दिनभित्रमा अन्तिम रूप दिन लागिएको छ। ‘

यादवका अनुसार यो पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगञ्जको डिपोमा खसालिनेछ। पेट्रोल र मट्टीतेलको भण्डारण गर्ने थप डिपो तयार नभएकाले करिब दुई वर्षसम्म पाइपलाइनबाट डिजेलमात्रै आपूर्ति हुनेछ। डिपो तयार भएपछि पेट्रोल र मट्टीतेल पनि आपूर्ति गरिनेछ। पाइपलाइनबाट आउने डिजेल भण्डारण गर्न अहिले तीन हजार नौ सय किलोलिटरको दुई र चार हजार तीन सय किलोलिटरको दुई डिपो अद्यावधिक गरिसकिएको छ।

उनका अनुसार आईओसीले बरौनी–पटनासम्म आएको पाइपलाइनलाई मोतिहारीसम्म ल्याएको छ। नेपालमा ओछ्याइएको पाइपलाइनलाई यही मोतिहारीको पाइपलाइनमा जोडिएको हो। मोतिहारीबाट रक्सौलको इन्डो–नेपाल सीमासम्म ३२।८० किलोमिटर र इन्डो–नेपाल सीमादेखि अमलेखगन्जस्थित क्षेत्रीय डिपोसम्म ३६।२८ किलोमिटर खण्डमा पाइपलाइन ओछ्याइएको हो।

यसअघि रक्सौलस्थित भारतीय डिपोबाट पाइपलाइन विस्तार गर्ने योजना थियो। तर, भारतीय सरकारले वातावरणीय प्रदूषण र उच्च जोखिम भन्दै रक्सौलबाट डिपो हटाउने निर्णय गरेपछि मोतिहारीको पाइपलाइनमा अमलेखगञ्जको पाइपलाइन जोडिएको हो। पाइपलाइनबाट भित्र्याइने इन्धनका विषयमा भने आईओसी र निगमबीचको सम्झौता प्रत्येक ५–५ वर्षमा नवीकरण गर्ने व्यवस्था गरिएको छ। यादवले भने,‘निगमले तेस्रो मुलुकसँग पनि इन्धन आयात गर्न पाउने सम्झौतामा उल्लेख छ। ’

Space for Ads 1200px * 150px
पोखरीमा डुबेर एकको मृत्यु

जाजरकोट : दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु...

नेकपा भीरकोटका ९ वटै वडा कमिटिको सपथ ग्रहण सम्पन्न

वालिङ : नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगरपालिका वडा...

पाल्पाको निस्दीमा तरकारी खेती अनुगमन

बेझाड,पाल्पा : पाल्पाको निस्दी गाउँपालिका २ सहलकोटमा प्लाष्टिक घर...

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा  : मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु...

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार  :  नेता खनाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ...

कालीगण्डकी डाइभर्सनको बिरोध तिज गित मार्फत

कालीगण्डकी डाइभर्सनको बिरोध विभिन्न ठाउँबाट विरोधका आवाज उठेका छन् । डाइभर्सनको...

कालीगण्डकी डाईभर्सनले पानीका मुहान सुक्छ : नगर प्रमुख थापा

काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा...

हामी “स्मार्ट सिटी’’का स्मार्ट नागरिक बन्दैछौँ

नेपाल देश गण्डकी प्रदेश स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको चर्चा परिचर्चा पुरै...

कालीगण्डकी डाइभर्सन बिरुद्ध पाल्पा रामपुरका महिलाहरु जागे

पाल्पा : दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई, झुटा प्रचार नगरेनी हुन्थ्यो...

आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना, कसैलाई चिन्न सकेन्

एजेन्सी : पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई एम्स अस्पतालमा भर्ना...

स्याङ्जामा अझै संरक्षित छ धानको न्वारन गर्ने पर्ब : हरेलो

धानको न्वारन गर्ने पर्व हरेलो स्याङ्जामा अझै संरक्षित छ । कृषी...

बैदेशिक रोजगारीको विकल्प

बैदेशिक रोजगारी नेपालको लागि नौलो विषय होइन । यसले देशको अर्थतन्त्रलाई...

कालीगण्डकी-तिनाउ डाइभर्शन : आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले...

छाङ्छाङ्दीमा एक महिने शिवमहिमा एवं महाआरती सम्पन्न,झण्डैं एक करोड ४० लाख संकलन

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले छाङछाङदीको...

पाल्पामा छोरा जन्माउने आशै आशामा १३ सन्तान

बेझाड : छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology