Monday 23rd September 2019

पुस्तक समीक्षा : संस्मरणात्मक पुस्तक ‘खुशीको पीरो धूवाँ’

नेपाली साहित्यको सुगम मानिएको विधाहो निबन्ध । यस भित्र पनि संस्मरण अझ व्यापक आत्मानुभूतिको प्रकाशन मानिन्छ । आफ्नो जीवनसँग जोडिएका घटना घटनाको असर र घटनाबाट शिक्षा यस सन्दर्भमा बाहिर आउने गर्दछ । अक्सर यस विधामा सोझै तथ्यहरू बाहिर आउँछन् । भनिन्छ कुरा लुकाउन खोज्नेले संस्मरण लेख्न र प्रकाशनमा ल्याउन सक्दैन ।

राजधानी बाहिर मात्र होइन मोफसलको पनि देहातमा बसेर शिक्षा सेवामा जीवन खर्चिएका एक बौद्धिक साहित्यिक व्यक्तित्वको नामहो, माधव काफ्ले । रामेछाप जिल्लाको ढुङ्गेछाप साुलमा २०१६ सालमा जन्मिएका काफ्ले निबन्ध विधामा एक हस्ती हुन् । निबन्ध भित्रै जीवन, जगत् र सिर्जनात्मक कृतिको समेत समालोचना गर्ने काफ्ले हालसम्म दुई निबन्धात्मक कृति ‘लिगलिग कोट’ (२०७१) र ‘जीवन एउटा थोत्रो स्क्रिन’ (२०७३) प्रकाशित भई तेस्रो संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘खुसीको पिरो धूवाँ’ (२०७५) भर्खर प्रकाशितभएको छ ।

झण्डै ४ दशकदेखि लेखन र फुटकर प्रकाशनमा आएका काफ्ले भ्रमणशील व्यक्तित्व हुन् । उनको स्व–अध्ययनको क्षितिज राम्ररी उघ्रिएको देखिन्छ । पूर्वीय ज्ञानका भण्डार उनको मस्तिष्क र कलममा छ । सामान्य विषयले पनि मानव चेतनामा उथलपुथलकारी भूमिका खेल्ने र भावनात्मक रूपमा धेरै नै उत्साहित मात्र होइन दुःखी पनि बनाउने कुरामा उनका लेखनी केन्द्रित रहने गरेको छ ।

समकालीन साहित्य भृकुटी, रचना, अभिव्यक्ति, मधुपर्क, गरिमा जस्ता नेपाली साहित्यका मानक मानिएका साहित्यिक पत्रपत्रिकामा पोखिएका निबन्धात्मक कृति केवल लेखनको रहर वाहोड होइन । सिर्जनाभित्रको आलोचनात्मक चेतका कारण उनको जीवनशैली पनि प्रतिस्पर्धाको होडभन्दा बाहिर देखिन्छ । ठेक्का–पट्टामा साटिएको साहित्यको मूलधारभन्दा पृथकआफन्त पुरस्कार अभियानभन्दा फरक पढिरहने, चिन्तन गरिरहने अनि लेखिरहने माधव काफ्ले बौद्धिक प्रकाशनको भण्डार हुन् ।

‘खुशीको पीरो धूवाँ’ रचनाप्रकाशनले बजारमा ल्याएको संस्मरणात्मक सङ्ग्रहहो । छोटो प्रकाशकीय बाहेक कसैलाई लेखाउने र अप्राकृतिक चर्चा गराउने योजना पुस्तकमा देखिएको छैन । यस पुस्तकमा फरक–फरक ६ ओटा परिच्छेद भित्र जम्मा २४ थान संस्मरणात्मक निबन्धहरू सङ्कलित रहेका छन् । आफूले अनुभूत गरेका र आफूले देखे–भोगेका घटनाहरूलाई निश्छल रूपमा प्रस्तुत यस पुस्तकमा आफ्नै अपरेशन लेखकले राम्रोसँग गरेका छन् ।

आडम्बर, शक्तिर सत्ताको खुलेर विरोध उनका निबन्धहरूमा परेका छन् । अध्ययन जस्तै चिन्तन, चिन्तन जस्तै लेखन र लेखन जस्तै जीवन बाँचेका माधव काफ्लेको कलमले नछोएको क्षेत्र छैन । कतै पाखण्डहरू प्रतिको आक्रोश त कतै ज्ञान प्रतिको अनुरागउनको परिचायक नै बनेका छन् । अघिल्लो स्थापित पुस्ताको समेत मन जितेका निबन्धकार काफ्ले आफ्नो पुस्ताका अब्बल साधक र पछिल्ला छिमलका लेखकको पथप्रदर्शक नै बनेका छन् ।

आख्यानका केही परिच्छेद, सिरेटोसँगका सङ्घर्ष प्राङ्गणका पदचाप, सेरोफेरो, साँधविहीन, घर न घाट जस्ता परिच्छेद निर्माण गरी त्यस भित्र क्रमशःपाँच, आठ, तीन, तीन, तीन र दुई रोचक र घोचक संस्मरणहरू यहाँ पोखिएका छन् । रमाइलो के छ भने कृतिको नामजो राखिएको छ, त्यस शीर्षकको निबन्ध पनि होला भन्ने पाठकको सोच यहाँ फेल हुन्छ । तथापि जीवनलाई सुख र दुःखको सङ्गममान्ने लेखक आफ्ना सारा निबन्धात्मक लेखहरूबाट पुस्तकको नाम सार्थक गर्दछन् ।

विवाहको न्यानो रोमाञ्चपात लिन नपाउँदै गृह त्याग गर्नैपर्ने बाध्यताको सुर्कनी घाँटीमा बेरिनआइपुग्यो । केही समयपश्चात् नै सामथ्र्यअनुसारको एउटा पेसाको तुइनमा झुण्डिएर दायित्वको वैतरणी पार नगरी सुखै पाइएन । हजारौं सपनाहरू स्मृतिमा झल्झलाकार भएर उदाइरहेका भएता पनि मुखको माड र आँतको धरोले निकै पिरोल्दै रहे । म सँग यसको वैकल्पिक उपाय केही थिएन । (आत्मतृप्तिको तरङ्गित उलार पृ. १८८ अनुच्छेद–२)

यी र यस्ता दार्शनिक अनुभवजन्य उदाहरण त कति छन् कति । जीवनलाई अङ्कमाल गरेर हिँड्ने समस्याहरूसँग पौठेजोरी नखेली अगाडि बढ्न नसकिने सत्य नै सङ्घर्ष र जीवनहो भन्ने प्रत्येक निबन्धको सार छ । ऐतिहासिक चेत, द्वन्द्वात्मक प्रस्तुति र आशामा टुङ्ग्याइएको अधिकांश निबन्धहरूले व्यक्ति चेतनाका कारण निस्किएको समस्या समाधानगर्न सिङ्गो जीवनको अध्ययन आवश्यक भएको तर्फ लेखक सचेत छन् । उनका संस्मरणात्मक लेखहरूमा जाति क्षण र गतिविधि शरणी जस्तै भएर आएका छन् । निबन्धात्मक कृति भित्र पनि भौगोलिक, सामाजिक विषयको युगजनीन ज्ञान हुन्छ भन्ने उदाहरण देखाउन यो निबन्धात्मक सङ्ग्रह अब्बल रहेको छ ।

Space for Ads 1200px * 150px
मध्यपहाडी लोकमार्गको पहिरोमा पुरिएर एकजनाको मृत्यु

पर्वत : मध्यपहाडी लोकमार्गमा आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु...

नेपाल: निर्यातमुखी अर्थतन्त्रको आधार बन्दै

आफ्नो निर्यातको करिब चौध गुना धेरै आयात गर्ने देशको...

तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

सुरुङ्गा : सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका...

एक सय ५७ कैदी एकै पटक बिरामी

इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका...

किन टिक्दैन कलाकारको सम्बन्ध ?

नेपाली फिल्म क्षेत्रबाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ,...

हरिनासको बाबुछोरा हत्याकाण्डमा संलग्न मल्ल पक्राउ

स्याङ्जा : स्याङ्जामा कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ परेका छन् ।...

सकारात्मक परिवर्तन नै विकास हो : नगर प्रमुख खाँण

वालिङ : स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाका नगर...

कालीगण्डकी-तिनाउ डाइभर्सनको काम अगाडि बढे प्राकृतिकलाई खतरा

चितवन : संघ सरकारको प्राथमिकताको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यिय आयोजनाको योजनाले प्रदेश...

परीक्षामा सतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सक्ने सात टिप्स

काठमाडौ : परीक्षालाई रमाइलो मान्दै सही तरिकामा परीक्षा दिने विद्यार्थीले शतप्रतिशत...

चापाकोटको गिरमानले कोरियोग्राफर गरेको पशुपतिको ‘कान्छी बुहारी’ सार्वजनिक

काठमाडौँ : चर्चित गायक पशुपति शर्माको ‘कान्छी बुहारी’ बोलको गीत सार्वजनिक...

स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ

स्याङ्जा : स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ परेका छन्...

स्याङ्‍जामा पहिरोले दुई घर भत्किए, ३ परिवार विस्थापित

स्याङ्जा : स्याङ्जामा पहिरोले दुई घर भत्किएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिकामा...

धनराज गुरुङ् आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने तयारी (भिडियोसहित)

बाँकेमा कांग्रेस सभापति किरण कोइरालासहित कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाटै आक्रमण हुनुलाई...

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

स्याङ्जा : एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत...

पर्वतमा नमुना नवजागृतको भवन बनाउन खोज्दा नजिकको वस्ती पहिरोको उच्च जोखिममा

पर्वत, तिलाहार : प्राबिधिक जाँचविना कम्जोर संरचनामा विद्यालय भवन निमार्ण गर्न...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology