Monday 23rd September 2019

आत्महत्याको बढ्दो ग्राफ

आफ्नो जीवन आफैं समाप्त पार्ने योजना बनाउनु वा बिभिन्न माध्यम्बाट आफ्नो जीवन आफैंले समाप्त गर्न खोज्छ भने त्योनै आत्महत्या हो । आफ्नो समस्या निराकरण वा समाधान गर्न नसके पछि व्यक्तिले यस्तो काम गर्छ । परिवारका सदस्य, समाजका व्यक्ति र साथीभाइले आफ्नो समस्यालाई नबुझेको महसुश गरेमा आफूलाई बेकार ठानी अन्तिम उपायको रुपमा आत्महत्या गर्ने गदर्छन् । आत्महत्या नितान्त व्यक्तिगत कुरा हो । व्यक्तिले यस्तो कार्य गोप्यरुपमा गर्दछ। जस–जसले जुनै कारणबाट आत्हत्याको संकल्प रोजेको भए पनि त्यस कार्यलाई उचित रोजाइ भन्न किमार्थ सकिँदैन।

वर्तमान समयमा देशमा पाँच विभिन्न व्यक्तिको आत्महत्याको समाचारले सञ्चारमाध्यममा शीर्षस्थान प्राप्त गरेको छ। हरेक दिन नयाँनयाँ सुशाइडको घटनाले देशमा आत्महत्याको खतरा बढ्दो क्रममा हाइलाइटेड भएको देखिन्छ ।

अख्तियारद्वारा आरोपित तीन जना र व्यक्तिगत अभिप्रेरितबाट दुई जना गरी पाँच जनाको आत्महत्या प्रकरणले जनजनमा विभिन्न धारणा र संशयहरू पैदा गराउन भूमिका खेल्यो। अख्तियारले त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता गरेको आरोपमा अध्यक्षसहित दश जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपश्चात् त्यसमध्ये एक आरोपी रामबहादुर पाण्डेले आत्महत्याको बाटो रोज्न पुगेका छन्।

सरकारी जग्गा व्यक्तिका नाउँमा गराउने विषयमा आरोपित मालपोत कार्यालयका दुई जना पूर्वकर्मचारी युक्तप्रसाद श्रेष्ठ र हरिप्रसाद आचार्यले पनि आत्महत्याको बाटो रोजेका छन्। यी आत्महत्याका विषयमा हालसम्म प्रहरी अनुसन्धानको अन्तिम निचोड प्राप्त भएको छैन। तथापि मृत्युको अवस्थालाई दृष्टिगोचर गर्दा आत्महत्या गरेको कुरालाई नै बल पुर्याउँछ।

चौथो आत्महत्या प्रकरणले चाहिँ देशमा जनता र सरकारबीच मुठभेडको स्थिति उत्पन्न गराइदिएको छ। पत्रकार शालिकराम पुडासेनी आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछाने अनुसन्धानको लागि प्रहरी हिरातसमा छन्। पाचौँ घटनामा रुपमा भर्खरै सिंहदरबारमै एक सुब्बा सरह कर्मचारीले सुशाइड गरेको घटना तरङ्गीत भएको छ।

प्रमुख कारण : उदासिनता र डिप्रेसन
उदासीनता र डिप्रेसनलाई आत्महत्याको मुख्य कारण मानिन्छ । सामान्यतः धेरै दिक्दारी लाग्नु, मुडमा आवश्यकता भन्दा बढी उतार(चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नु आदि उदासीनता का कारणहरु हुन् । उदासीनताले आत्महत्यालाई बढावा दिने गर्छ ।

त्यसैगरी रक्सी र अन्य लागूऔषधको दुरुपयोग आत्महत्याको अर्को कारण हो । केही मानिसहरु नयाँ अनुभव लिन, उदासीनता, निराशापन, नकारात्मक भावनालाई हटाउनका लागि भन्दै मद्यपान वा अन्य लागूऔषधको प्रयोग गर्दछन् । यसले कार्य शिथिलता ल्याउने तथा उदासीनता बढाउने गर्छ । साथै यसको प्रयोगले धेरै प्रकारका शारीरिक समस्या निम्त्याउनुको साथै आर्थिकरुपमा कमजोर बनाउँछ र विस्तारै बाँच्ने रहरमा कमी हुदै जाँदा आत्महत्या बढ्ने गरेको पाइन्छ ।

त्यसैगरी दीर्घ रोग पनि आत्महत्याको एएटा कारण हो । कुनै पनि शारीरिक रोगबाट लामो समयसम्म ग्रसित भइरहेर बाँच्नुको अर्थ नदेखेर कतिपय मानिसले आत्महत्या गर्छन् । जस्तै- द्वन्द्वले धेरैको अंगभंग भएको छ । शारीरिकरुपमा अस्वस्थ्य छन्, जसले गर्दा पनि आत्महत्याको दर बढेको छ ।

जटिल मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरु जस्तै( साइकोसिस, सिजोफ्रोनियाजस्ता समस्या भएको ब्यक्तिमा पनि आत्महत्याको दर बढ्दो छ ।

त्यसैगरी सामाजिक, ब्यक्तिगत वा मनोसामाजिक समस्याहरुले पनि आत्महत्या बढाउने गरेको छ । जस्तै( बैवाहिक जीवनको अन्त्य, हत्या र बेपत्ता हुनेमा प्रायः पुरुषहरु रहेकाले एकल महिलाको संख्या बढेको छ । यसले गर्दा कसैसँग राम्रो सम्बन्ध स्थापित गर्न नसक्नु, बेरोजगार हुनु, आफ्ना विचारहरु पोख्न नपाउनु, जीवनसाथीको अभावमा विभिन्न सामाजिक लाञ्छनाको सामना गर्नु आदि समस्याहरु एकल महिलाले सामना गर्नुपर्ने हुन्छ ।

किशोर किशोरीले बढी मात्रमा यौन हिंसामा परेको कारण आत्महत्या गरेको देखिन्छ । यौन हिंसा भइरहेको हुन्छ, कसैलाई पनि भन्न सक्दैनन् । अनि आत्महत्याको बाटो रोज्नछन् । कतिपय आवेगमा आएर गर्छन् । जस्तैस परीक्षामा फेल भयो भन्दै परिवारले गाली गर्ने, कलेज, स्कुलमा पढ्ने विद्यार्थीको प्रेम सम्बन्ध छ भने रेस्टिकेट गर्दिने, सार्वजनिक ठाउँमा ल्याएर सजाए दिने, साथीभाइले जिस्क्याउने गर्दा यस्ता कुराले उनीहरूको दिमागमा असर परिरहेको हुन्छस अन्तिमा आत्महत्याको बाटो रोज्ने गर्छन् ।

डरलाग्दो तथ्याङ्क : टप टेनमा नेपाल
विश्वमा आत्महत्या गर्नेको उमेरलाई हेर्ने हो भने १५ देखि २९ वर्षसम्मका किशोर किशोरीको मृत्युको दोस्रो कारण मानिदै आएको छ । यसैले विश्वभरी नै आत्महत्याले डरलाग्दो रूप लिँदै आएको छ । विश्वको कुल तथ्याङ्क हेर्ने हो भने एक वर्षमा ८ लाखले आत्महत्या गर्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो सङ्ख्या बढेर सन् २०२० सम्ममा १५ लाख पुग्नेछ

विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् र प्रत्येक ३ सकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्छन् । यस्तै डब्लूएचओको तथ्याङ्कअनुसार विश्वमा महिलाभन्दा पुरुषको आत्महत्या गर्ने सङ्ख्या धेरै रहेको छ । आत्महत्या गर्ने प्रयास पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै भए पनि मृत्यु हुने सङ्ख्या पुरुषको धेरै रहेको छ । जस्तैस ३ सय महिलाले आत्महत्याको प्रयास गर्दा एकजनाको मृत्यु हुन्छ भने १२ जना पुरुषले आत्महत्याको प्रयास गर्दा १ जनाको मृत्यु हुनेगरेको छ । यसको कारण पुरुषहरूले महिलाको भन्दा कडा खालको आत्महत्या गर्ने तरिका अपनाउँछन् ।

नेपालमा कतिले आत्महत्या गर्छन् भन्ने स्पष्ट तथ्याङ्क छैन । तर, डब्लूएचओको तथ्याङ्क हेर्ने हो भने नेपालको सन्दर्भमा आत्महत्या गर्नेमा महिलाको सङ्ख्या अधिक रहेको छ । विश्वमा आत्महत्या गर्ने देशहरूको कुरा गर्ने हो भने महिलाको सङ्ख्यामा नेपाल तेस्रो रहेको छ । नेपालमा पनि प्रत्येक दिन १२ देखि १४ जनाले आत्महत्या गर्दै आइरहेको छ । यस्तै प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको छ । ३ वर्षअघिको तथ्याङ्क हेर्ने हो भने नेपाल विश्वमा आत्महत्या गर्ने देशहरूमध्ये सातौँ नम्बरमा परेको थियो । र्याङकिङमा कहिलेकाहीँ तलमाथि परे पनि नेपाल आत्महत्या गर्नेमा विश्वमा टपटेनभित्र पर्दै आएको छ।

निर्मुल पार्ने उपाय र सावधानी
आत्महत्यालाई मानिसको मानसिक समस्या हो । मानिसको शारीरिक समस्यालाई आधुनिक चिकित्साले सहजै पत्ता लगाउन सफल भएको छ । शारीरिक समस्याका बारेमा जानकारी गराउन व्यक्तिले सहज ठान्दछ भने मानसिक समस्यालाइ व्यक्त गर्न जोकोही सहज मान्दैनन् । मानसिक रुपमा समस्यामा रहेका व्यक्तिले कतिबेला के गर्छ रु थाहा पाउनै गाह्रो हुन्छ । मानसिक चिकित्सा आम सर्वसाधारणको पहुँचमा पनि छैन । यस्तो सन्दर्भमा आत्महत्याका घटनालाई न्यूनीकरण गर्न समग्र समुदाय नै सचेत हुनु जरुरी छ ।

आत्महत्याको मानसिक मात्रै नभएर समाजशास्त्रीय अध्ययन, अनुसन्धान पनि गरिनुपर्छ । समाजशास्त्री इमाइल दुर्खिमले भनेका छन्, ‘व्यक्तिले आत्महत्या गर्नुमा समाज दोषी छ ।’ दुर्खिमका अनुसार समाज अर्थात समाजका विभिन्न संरचना, अंगहरु जसले मानिस र उसको दैनिकीलाई असहज बनाइरहेको छ । समाजसँग सहज रुपमा समायोजन हुन नसक्दा, नखोज्दा व्यक्तिमा सामाजिक समस्या देखिन्छन् । ती सामाजिक समस्याले नै व्यक्तिमा मानसिक समस्याहरु उत्पन्न हुुन्छन् र आत्महत्याका प्रयास हुने गरेका छन् । समाजशास्त्रीय विश्लेषणका साथ आत्महत्याको समस्यालाई समाधान गर्न अग्रसर हुन ढिलो भइसकेको छ ।

सञ्चार माध्यममा समाचारको रुपमा आत्महत्याका घटनालाई समस्या हो भनेर व्याख्या नगरिएकै कारण समाजका कुनै पनि निकायले ध्यान दिइरहेका छैनन् । तर, अहिले देखिएको समस्यालाई समाधान गर्न सरोकारवालाले दबाव पर्खेर बस्नु पर्दैन । स्थानीय तह, नागरिक समाज, प्रहरी, प्रशासन, सामाजिक संघ, संस्थाले समाज र व्यक्तिबीचको अनुकुलन बढाउन प्रयत्न गर्नुपर्छ । व्यक्ति र समाजलाई समयानुकुल परिवर्तित हुन, परिवर्तन गर्न सबैले सहकार्य गर्ने हो भने आत्महत्याका घटनालाई अपेक्षित रुपमा न्यूनीकरण गर्न सकिन्छ । यसतर्फ सबैको ध्यान जानु पर्छ । सचेत र वयस्क व्यक्तिको आत्महत्या समाजका लागि ठूलो क्षति हो भन्ने बुझ्नु पर्छ ।

समस्या समाधान गर्ने क्षमता नहुँदा व्यक्तिले समस्याबाट छुट्कारा पाउने, कसैलाई धम्क्याउन पनि आत्महत्याका प्रयासहरु भएका छन् । पारिवारिक कलह, व्यक्तिबीचको आपसी सम्बन्धमा आएको फुटले पनि आत्महत्यालाई बल पुर्याइरहेको रहेको छ । वर्षमा ९४ जनाले आत्महत्याको प्रयास गर्दाआत्महत्यालाई रोक्ने कुनै प्रयत्न नै भएको देखिँदैन । आत्महत्या मात्रै नभएर यसको रोकथाममा कुनै ध्यान नै नजानु पनि अर्को समस्या हो । यसर्थ , यथाशिघ्र स्थानीय सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज र हरेक नागरिकले आत्महत्याको समस्या समाधानमा केही सहजीकरण गर्ने प्रयत्नको खोजी गर्नु जरुरी छ ।

Space for Ads 1200px * 150px
मध्यपहाडी लोकमार्गको पहिरोमा पुरिएर एकजनाको मृत्यु

पर्वत : मध्यपहाडी लोकमार्गमा आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु...

नेपाल: निर्यातमुखी अर्थतन्त्रको आधार बन्दै

आफ्नो निर्यातको करिब चौध गुना धेरै आयात गर्ने देशको...

तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

सुरुङ्गा : सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका...

एक सय ५७ कैदी एकै पटक बिरामी

इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका...

किन टिक्दैन कलाकारको सम्बन्ध ?

नेपाली फिल्म क्षेत्रबाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ,...

हरिनासको बाबुछोरा हत्याकाण्डमा संलग्न मल्ल पक्राउ

स्याङ्जा : स्याङ्जामा कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ परेका छन् ।...

सकारात्मक परिवर्तन नै विकास हो : नगर प्रमुख खाँण

वालिङ : स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाका नगर...

कालीगण्डकी-तिनाउ डाइभर्सनको काम अगाडि बढे प्राकृतिकलाई खतरा

चितवन : संघ सरकारको प्राथमिकताको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यिय आयोजनाको योजनाले प्रदेश...

परीक्षामा सतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सक्ने सात टिप्स

काठमाडौ : परीक्षालाई रमाइलो मान्दै सही तरिकामा परीक्षा दिने विद्यार्थीले शतप्रतिशत...

चापाकोटको गिरमानले कोरियोग्राफर गरेको पशुपतिको ‘कान्छी बुहारी’ सार्वजनिक

काठमाडौँ : चर्चित गायक पशुपति शर्माको ‘कान्छी बुहारी’ बोलको गीत सार्वजनिक...

स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ

स्याङ्जा : स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ परेका छन्...

स्याङ्‍जामा पहिरोले दुई घर भत्किए, ३ परिवार विस्थापित

स्याङ्जा : स्याङ्जामा पहिरोले दुई घर भत्किएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिकामा...

धनराज गुरुङ् आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने तयारी (भिडियोसहित)

बाँकेमा कांग्रेस सभापति किरण कोइरालासहित कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाटै आक्रमण हुनुलाई...

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

स्याङ्जा : एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत...

पर्वतमा नमुना नवजागृतको भवन बनाउन खोज्दा नजिकको वस्ती पहिरोको उच्च जोखिममा

पर्वत, तिलाहार : प्राबिधिक जाँचविना कम्जोर संरचनामा विद्यालय भवन निमार्ण गर्न...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology