Monday 23rd September 2019

शालिकरामको रहस्यमय हत्या, रविउपरको षड्यन्त्र र निर्मला पन्तको सम्झना

हत्या, बलात्कार लगायतका अनेकौँ अपराध हुँदैजाने तर अपराधी गायब हुने एक वर्षयताका अनौठा घटनाहरूबाट नेपाली समाजले असुरक्षा र त्रासदीवोध गरिरहेको छ । टीभी पत्रकार शालिकराम पुडासैनीको हत्या वा आत्महत्या के हो भन्ने रहस्यमय सवाल जिवितै छ, तर अनुसन्धानको क्रममा यतातिर ध्यानै दिइएन । यस्तो रहस्यात्मक मृत्युबारे ‘किटानी जाहेर’ आफैँमा ठीक थियो कि थिएन रु यो आफैँमा प्रश्न छ । टीभी कार्यक्रमका प्रस्तोता रवि लामिछाने लगायत युवराज कँडेल र अस्मिता कार्कीलाई जे–जसरी धरपकड गरियो, त्यस्तो शैलीमा वास्तबिक अपराधी पत्ता लगाउनेभन्दा प्रतिशोध, षड्यन्त्र र प्रतिअपराधको दुरासय (Mallafied intention) अन्तरनिहित भएको देखिएपछि स्वस्फूर्त रुपमा जनआक्रोश भड्किएको स्वतः बुझ्न सकिन्छ ।

कसैको पक्षमा आएको समर्थक भीड नै न्यायको स्रोत हुँदैन । न्यायालयले कुनै पनि दबाब, प्रभाव वा सत्ताको मोलाहिजाबाट मुक्त भएर निष्पक्ष फैसला गर्नुपर्छ र फैसलामा इन्साफ हुनैपर्छ । तर जब जनमानसमा सरकार, यसका गतिविधि र सम्पूर्ण संयन्त्रमाथि चरम अविश्वास हुन्छ, त्यसपछि यस्ता भीडहरू जनमतका रुपमा सडकमा आउँछन् । यसलाई अस्वाभिक भन्न मिल्दैन ।

रविको पक्षमा चितवन लगायत देशभरि उर्लिएको अपार भीड राजनीतिक आग्रह वा पूर्वाग्रहबाट प्रेरितभन्दा पनि वर्तमान राज्य संयन्त्र र यसको सञ्चालक वर्तमान सरकारबाट निष्पक्ष न्याय र सुरक्षा सम्भवै छैन भन्ने अविश्वास र आक्रोशको अभिव्यक्ति समेत हो । निधन भएका पत्रकार शालिकरामको बिरूद्ध किमार्थ होइन, उनले न्याय पाउन अझ गहिरो अनुसन्धानको जरुरत छ । नियन्त्रणमा लिइएका सबैलाई अदालतको आदेशद्वारा भदौ ९ गते धरौटीमा रिहा गरिनु स्वागतयोग्य छ ।

खासगरी रविलाई यही बहानामा नराम्रोसँग फसाउने ठूलो षड्यन्त्र थियो, जनसमुदायको अजेय शक्ति र अदालतको निर्णयले गर्दा पूर्ण विफल भयो । यसबाट न्यायिक निष्पक्षतामा अरु भरोसा बढेको छ । तर पनि षड्यन्त्रको श्रृङ्खला टुङ्गियो भनेर ढुक्क हुनुहुँदैन । षड्यन्त्रकारीहरूको पहुँच र पकड सत्ताको भित्रैसम्म सशक्त रुपमा रहेको वास्तविकता कन्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी हत्यारा आजसम्म गायब हुनसक्नुले नै प्रमाणित गर्दछ ।

स्व। शालिकराम मेरो गृहजिल्ला नुवाकोट निवासी भएको र मेरो भाईजस्तो सुपरिचित भए पनि रवि लामिछानेजीसँग, उहाँका कतिपय टीभी प्रस्तुती हेरेकोबाहेक मेरो कुनै सम्पर्क वा हिमचिम नभएकोले उहाँको निजात्मक विशेषताका बारेमा म केही भन्न सक्दिन । मानवोचित कमजोरी नभएको कुनै मानिस हुँदैन ।

रवि पनि मानवीय वास्तविकताबाट मुक्त नहोलान्, तर उनले भ्रष्टाचारबिरूद्धको सशक्त अभियान, वाणीबिहिनहरूलाई वाणी र न्याय दिलाउने कार्यमा सञ्चारमाध्यमलाई जुन प्रकार उपयोग गरे, त्यसबाट नेपाली समाज अतुलनीय स्तरमा कृतज्ञ र लाभान्वित भएको छ । यसलाई ध्यानमा राखेर र जनभावनालाई ख्याल गर्दै मैले शुरूदेखि नै तीनपटक सामाजिक सन्जालमा आफ्ना विचार राखिसकेको छु । म चाहन्छु, यो मामिलामा मेरो पार्टी नेपाली काँग्रेसले गम्भीर रुपमा लिनु जरुरी छ ।

जे जसरी भए पनि पत्रकार शालिकरामको मृत्यु अत्यन्त दुःखद र खेदजनक हो । यसबाट उनकी धर्मपत्नी सम्झना तथा सम्पूर्ण परिवारले भोग्नुपर्ने क्षति र दुःखद अवस्था अपूरणीय छ । ‘हत्या हो कि आत्महत्या’ हो ? यस घटनाउपर अझै गहिरो छानबीन जरुरी देख्छु । यही विवाद र अनुसन्धानमा तानिएकी अस्मिताको प्रतिष्ठा र भविष्यलाई आँच पुग्ने कुनै पनि अन्याय वा गलतफहमी दुःखद हुन्छ । टीभी प्रस्तोता रविजी, युवराजलगायत अनुसन्धानका लागि नियन्त्रणमा लिइएका तथा शालिकरामको परिवारले निष्पक्ष न्याय र परिपूरण पाउनु पर्छ ।

यस्तै अनेकौँ संवेदनशील र अनिवार्य कुरामध्ये, गत साल साउन १० गते कन्चनपुरकी किशोरी निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लगाएर कानुनको कठघरामा ल्याउने कार्यबाहीलाई यस घटनाले सरकारलाई उन्मुक्ति दिँदैन । यस्तै आपराधिक घटनाको श्रृङ्खलाले नै आजको परिस्थिति उत्पन्न भएको वास्तविकता सरकारले समयमै आत्मसात गरोस् ।

Space for Ads 1200px * 150px
मध्यपहाडी लोकमार्गको पहिरोमा पुरिएर एकजनाको मृत्यु

पर्वत : मध्यपहाडी लोकमार्गमा आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु...

नेपाल: निर्यातमुखी अर्थतन्त्रको आधार बन्दै

आफ्नो निर्यातको करिब चौध गुना धेरै आयात गर्ने देशको...

तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

सुरुङ्गा : सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका...

एक सय ५७ कैदी एकै पटक बिरामी

इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका...

किन टिक्दैन कलाकारको सम्बन्ध ?

नेपाली फिल्म क्षेत्रबाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ,...

हरिनासको बाबुछोरा हत्याकाण्डमा संलग्न मल्ल पक्राउ

स्याङ्जा : स्याङ्जामा कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ परेका छन् ।...

कालीगण्डकी-तिनाउ डाइभर्सनको काम अगाडि बढे प्राकृतिकलाई खतरा

चितवन : संघ सरकारको प्राथमिकताको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यिय आयोजनाको योजनाले प्रदेश...

सकारात्मक परिवर्तन नै विकास हो : नगर प्रमुख खाँण

वालिङ : स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाका नगर...

परीक्षामा सतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सक्ने सात टिप्स

काठमाडौ : परीक्षालाई रमाइलो मान्दै सही तरिकामा परीक्षा दिने विद्यार्थीले शतप्रतिशत...

चापाकोटको गिरमानले कोरियोग्राफर गरेको पशुपतिको ‘कान्छी बुहारी’ सार्वजनिक

काठमाडौँ : चर्चित गायक पशुपति शर्माको ‘कान्छी बुहारी’ बोलको गीत सार्वजनिक...

स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ

स्याङ्जा : स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ परेका छन्...

स्याङ्‍जामा पहिरोले दुई घर भत्किए, ३ परिवार विस्थापित

स्याङ्जा : स्याङ्जामा पहिरोले दुई घर भत्किएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिकामा...

धनराज गुरुङ् आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने तयारी (भिडियोसहित)

बाँकेमा कांग्रेस सभापति किरण कोइरालासहित कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाटै आक्रमण हुनुलाई...

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

स्याङ्जा : एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत...

पर्वतमा नमुना नवजागृतको भवन बनाउन खोज्दा नजिकको वस्ती पहिरोको उच्च जोखिममा

पर्वत, तिलाहार : प्राबिधिक जाँचविना कम्जोर संरचनामा विद्यालय भवन निमार्ण गर्न...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology