Monday 23rd September 2019

अपडेट : गल्याङमा जिप दुर्घटना हुँदा मृत्यु हुने संख्या २ पुग्यो, २२ जना घाईते

गल्याङ : स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । गल्याङ नगरपालिकाको वडा नं ३ बिपिसीको खोल्सामा पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट आउँदै गरेको लु १ ज ३८४१ नं जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । जिपमा सवार २८ जना जनामध्ये ३ वर्षिय बालकको गल्याङ नगर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको र अर्को एक महिलाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा लैजाने क्रममा मृत्यु भएको गल्याङ प्रहरी चौकीले जनाएको छ ।

मृतक दुवै जनाको पहिचान हुन बाँकी रहेको छ । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार २२ जना घाईतेको गल्याङको सामुदायिक अस्पतालमा सामान्य उपचार पछि २१ जनाको तानसेनमा रिफर गरिएको छ भने १ जना सामान्य घाईतेको गल्याङको सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

जीपमा २८ जना सवार रहेको र जीपमा सवार सवै घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरु मध्य केहीको अवस्था गम्भिर रहेको अहिले गल्याङ नगर अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भईरहेको छ ।

गल्याङ आउदै गरेको जीप विपरित दिशाबाट आएको गाडीलाई साइड दिने क्रममा सडकबाट दुई सय मिटर तल खसेको थियो ।

यस सम्बन्धमा प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढनुहोस्
स्याङ्जाको भालुपहाड दुई स्थानीय तहले आ-आफ्नो दाबी गरी गुरुयोजना तयार

Space for Ads 1200px * 150px
मध्यपहाडी लोकमार्गको पहिरोमा पुरिएर एकजनाको मृत्यु

पर्वत : मध्यपहाडी लोकमार्गमा आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु...

नेपाल: निर्यातमुखी अर्थतन्त्रको आधार बन्दै

आफ्नो निर्यातको करिब चौध गुना धेरै आयात गर्ने देशको...

तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

सुरुङ्गा : सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका...

एक सय ५७ कैदी एकै पटक बिरामी

इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका...

किन टिक्दैन कलाकारको सम्बन्ध ?

नेपाली फिल्म क्षेत्रबाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ,...

हरिनासको बाबुछोरा हत्याकाण्डमा संलग्न मल्ल पक्राउ

स्याङ्जा : स्याङ्जामा कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ परेका छन् ।...

सकारात्मक परिवर्तन नै विकास हो : नगर प्रमुख खाँण

वालिङ : स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाका नगर...

कालीगण्डकी-तिनाउ डाइभर्सनको काम अगाडि बढे प्राकृतिकलाई खतरा

चितवन : संघ सरकारको प्राथमिकताको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यिय आयोजनाको योजनाले प्रदेश...

परीक्षामा सतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सक्ने सात टिप्स

काठमाडौ : परीक्षालाई रमाइलो मान्दै सही तरिकामा परीक्षा दिने विद्यार्थीले शतप्रतिशत...

चापाकोटको गिरमानले कोरियोग्राफर गरेको पशुपतिको ‘कान्छी बुहारी’ सार्वजनिक

काठमाडौँ : चर्चित गायक पशुपति शर्माको ‘कान्छी बुहारी’ बोलको गीत सार्वजनिक...

स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ

स्याङ्जा : स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ परेका छन्...

स्याङ्‍जामा पहिरोले दुई घर भत्किए, ३ परिवार विस्थापित

स्याङ्जा : स्याङ्जामा पहिरोले दुई घर भत्किएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिकामा...

धनराज गुरुङ् आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने तयारी (भिडियोसहित)

बाँकेमा कांग्रेस सभापति किरण कोइरालासहित कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाटै आक्रमण हुनुलाई...

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

स्याङ्जा : एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत...

पर्वतमा नमुना नवजागृतको भवन बनाउन खोज्दा नजिकको वस्ती पहिरोको उच्च जोखिममा

पर्वत, तिलाहार : प्राबिधिक जाँचविना कम्जोर संरचनामा विद्यालय भवन निमार्ण गर्न...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology