Monday 23rd September 2019

अपडेट : गल्याङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २४ जना घाइते (नामावली सहित)

स्याङ्जा : स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा बालक सहित ३ जनाको मृत्यु भएको छ । बुधबार गल्याङ नगरपालिका ३ बुटवल पावर कम्पनी लिमिटेड नजिकै जिप दुर्घटना भएको हो ।

पाल्पाको हुँगीबाट गल्याङ आउँदै गरेको लु १ ज ३८४१ नं. जिप दुर्घटना हुँदा जिपमा सवार वालिङ १३ सन्दिप परियारका १० महिनाको पल्सन परियार, वालिङ १४ की ३३ वर्षीय मन्जु भण्डारी गैह्रे र पाल्पा रम्भा १ की ७० वर्षीय खनिमाया नेपालीको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालयका अनुसार १० महिने बालकको घटनास्थलमै मृत्यु भएको हो भने २ महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै गम्भीर घाईते हुनेहरुमा ७ वर्षका क्रिस विक, वालिङ १४ बाँयखोलाका ५ वर्षीय दिप्सन परियार, पाल्पाको माथागढी गाउँपालिकाका ४० वर्षीय ज्ञानबहादुर विक, रम्भा गाउँपालिका १ का ३१ वर्षीय सिता रेग्मी र गल्याङ ११ का १९ वर्षीय सोलिना परियार गम्भीर घाईते भएका छन् ।

जिपमा सवार २३ जनामध्ये अन्य घाईतेको भने लुम्बिनी मेडिकल कलेज र मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ । दुर्घटना स्थल सिद्धार्थ राजमार्ग नजिकै चापाकोट खण्डको सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

लुम्बिनी मेडिकल कलेज, प्रवस तानेसन उपचार भईरहको नामावली
१. जिल्ला पाल्पा रम्भा गाउँपालिका १ बस्ने वर्ष १६ का सुमन विक
२. जिल्ला पाल्पा रम्भा गाउँपालिका १ वर्ष १८ का सुदिप दर्जी
३. जिल्ला स्याङजा वर्ष ५७ की ट्यान कुमारी अर्चल
४. जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं ११ वर्ष ४१ की किपा ज्ञवाली
५. जिल्ला पाल्पा माछागठी गाउँपालिका वडा नं ५ वर्ष ४० का ज्ञान बहादुर वि.क
६. जिल्ला पाल्पा रम्भा गाउँपालिका वडा नं १ वर्ष ३१ की सिता रेसमी
७. जिल्ला पाल्पा रम्भा गाउँपालिका वडा नं १ वर्ष १० का स्वयम रेसमी
८. जिल्ला पाल्पा रम्भा गाउँपालिका वडा नं १ महिना १० का सुगम रेसमी
९. जिल्ला पाल्पा रम्भा गाउँपालिका वडा नं २ वर्ष १० का निसान सिजपति
१०. जिल्ला पाल्पा वगनासकाली गाउँपालिका वडा नं ६ रम्भा बस्ने वर्ष २८ की अप्सरा परिवार
११. जिल्ला पाल्पा बगनासकाली गाउँपालिका वडा नं ६ वर्ष ९ का उज्जल परिवार
१२. जिल्ला पाल्पा बगनासकाली गाउँपालिका वडा नंं ६ वर्ष ७ की अकिंता परिवार
१३. जिल्ला पाल्पा रम्भा गाउँपालिका वडा नं १ हुगी बस्ने वर्ष २२ का दुर्गा व सिजाली
१४. स्याङजा जिल्ला गल्याङ नगरपालिका वडा नं ११ बस्ने वर्ष १९ की सोलिना परियार
१५. स्याङजा जिल्ला गल्याङ नगरपालिका वडा नं ६ वर्ष ७ की सचिता विक
१६. स्याङजा जिल्ला गल्याङ नगरपालिका वडा नं ७ वर्ष २३ का राजकुमार विक
१७. स्याङजा जिल्ला गल्याङ नगरपालिका वडा नं ११ वर्ष ३० की सिता ज्ञवाली
१८. वर्ष २ बालक केही नखुलेको

मसिन हस्पिटल, पाल्पामा उपचार भईरहको नामावली
१. स्याङजा जिल्ला वालिङ नगरपालिका १४ वर्ष ११ की आयुसमा गैह्र
२. स्याङजा जिल्ला वालिङ नगरपालिका १४ वर्ष ५ का दिप्सन परियार
३.स्याङजा जिल्ला वालिङ नगरपालिका १४ वर्ष ३३ की स्वेता परियार
४.स्याङजा जिल्ला गल्याङ नगरपालिका ११ वर्ष ४९ की माया कडेल
५. बतन नखुलेको क्रिस वि.क
६. वतन नखुलेको विश्व बताउने

मृत्यु हुने
१ पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं १ माइत भई गल्याङ नगरपालिका ११ बस्ने वर्ष ३४ की मन्जु भण्डारी
२. पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं १ वर्ष ७० की सिता नेपाली
३. स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं १४ महिना ९ को पचन परियार

Space for Ads 1200px * 150px
मध्यपहाडी लोकमार्गको पहिरोमा पुरिएर एकजनाको मृत्यु

पर्वत : मध्यपहाडी लोकमार्गमा आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु...

नेपाल: निर्यातमुखी अर्थतन्त्रको आधार बन्दै

आफ्नो निर्यातको करिब चौध गुना धेरै आयात गर्ने देशको...

तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

सुरुङ्गा : सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका...

एक सय ५७ कैदी एकै पटक बिरामी

इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका...

किन टिक्दैन कलाकारको सम्बन्ध ?

नेपाली फिल्म क्षेत्रबाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ,...

हरिनासको बाबुछोरा हत्याकाण्डमा संलग्न मल्ल पक्राउ

स्याङ्जा : स्याङ्जामा कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ परेका छन् ।...

कालीगण्डकी-तिनाउ डाइभर्सनको काम अगाडि बढे प्राकृतिकलाई खतरा

चितवन : संघ सरकारको प्राथमिकताको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यिय आयोजनाको योजनाले प्रदेश...

सकारात्मक परिवर्तन नै विकास हो : नगर प्रमुख खाँण

वालिङ : स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाका नगर...

परीक्षामा सतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सक्ने सात टिप्स

काठमाडौ : परीक्षालाई रमाइलो मान्दै सही तरिकामा परीक्षा दिने विद्यार्थीले शतप्रतिशत...

चापाकोटको गिरमानले कोरियोग्राफर गरेको पशुपतिको ‘कान्छी बुहारी’ सार्वजनिक

काठमाडौँ : चर्चित गायक पशुपति शर्माको ‘कान्छी बुहारी’ बोलको गीत सार्वजनिक...

स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ

स्याङ्जा : स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ परेका छन्...

स्याङ्‍जामा पहिरोले दुई घर भत्किए, ३ परिवार विस्थापित

स्याङ्जा : स्याङ्जामा पहिरोले दुई घर भत्किएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिकामा...

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

स्याङ्जा : एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत...

पर्वतमा नमुना नवजागृतको भवन बनाउन खोज्दा नजिकको वस्ती पहिरोको उच्च जोखिममा

पर्वत, तिलाहार : प्राबिधिक जाँचविना कम्जोर संरचनामा विद्यालय भवन निमार्ण गर्न...

धनराज गुरुङ् आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने तयारी (भिडियोसहित)

बाँकेमा कांग्रेस सभापति किरण कोइरालासहित कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाटै आक्रमण हुनुलाई...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology