Monday 23rd September 2019

काँग्रेस स्याङ्जाको क्षेत्र समायोजन, १ को सभापतिमा तुलसीराम रेग्मी

वालिङ : नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. १ को सभापतिमा साविक १ का सभापति तुलसीराम रेग्मी चयन हुनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय विधान तथा निर्देशिका अनुसार संघीय क्षेत्र नं. १ को सभापतिमा साविक क्षेत्र नं १ का सभापति तुलसीराम रेग्मी चयन हुनुभएको हो । नेपाली काँग्रेस स्याङ्जाले राज्यको पुर्नसंरचना अनुसार स्याङ्जा क्षेत्र नं. १ को संघीय र प्रादेशिक समितिको समायोजन गरेको हो ।

आज आयोजित एक कार्यक्रममा साविक क्षेत्र नं. १ र २ लाई समायोजन गरी संघीय क्षेत्र १ र त्यस अन्तर्गतका क र ख मा प्रादेशिक समितिको पुर्नसंरचना गरेको हो ।

यसैबीच भेलाले नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले संघीय नेपालको पुर्नसंरचना अनुसार पार्टी संगठनको पुर्नसंरचना जारी गरेको अन्तरिम ब्यवस्था निर्देशिका बमोजिम स्याङ्जा क्षेत्र नं. १ क र ख प्रदेशको पनि समायोजन गरेको छ ।

प्रदेश क मा रुक बहादुर क्षेत्रीको सभापतित्वमा कार्यसमिति चयन गरेको छ । त्यस्तैगरी प्रदेश ख मा सभापतिमा जनकराज शर्मा चयन हुनुभएको छ ।

केही दिन अघि नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ को सभापतिमा साविक ३ का सभापति देवबहादुर खांण ईश्वर चयन हुनुभएको थियो । नेपाली काँग्रेस केन्द्रीय विधान तथा निर्देशिका अनुसार संघीय क्षेत्र नं. २ को सभापतिमा साविक क्षेत्र नं ३ का सभापति देबबहादुर खाँण ईश्वर चयन हुनुभएको हो । नेपाली काँग्रेस स्याङ्जाले राज्यको पुर्नसंरचना अनुसार स्याङ्जा क्षेत्र नं. २ को संघीय र प्रादेशिक समितिको समायोजन गरेको थियो ।

वालिङमा आयोजित कार्यक्रममा साविक क्षेत्र नं. २ र ३ लाई समायोजन गरी संघीय क्षेत्र २ र त्यस अन्तर्गतका क र ख मा प्रादेशिक समितिको पुर्नसंरचना गरेको थियो ।

त्यसैगरी साविक क्षेत्र नं, २ का सभापति अर्जुनप्रकाश अर्याल सह–सभापतिमा चयन हुनुभएको थियो । त्यस्तैगरी उपसभापतिमा हरिबाबु पोख्रेल, सचिवमा महेश भट्टराई, दामोदर लम्साल, शालिकराम देवकोटा, नरबहादुर पौडेल, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ, टिकाराम तिवारी, सहसचिवमा बोला पाठक, सरस्वती बगाले लगायत अन्य सदस्यहरु रहेका छन् ।

यसैबीच भेलाले नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले संघीय नेपालको पुर्नसंरचना अनुसार पार्टी संगठनको पुर्नसंरचना जारी गरेको अन्तरिम ब्यवस्था निर्देशिका बमोजिम स्याङ्जा क्षेत्र नं. २ क र ख प्रदेशको पनि समायोजन गरेको थियो ।

प्रदेश क मा अर्जुनप्रकाश अर्यालको सभापतित्वमा कार्यसमिति चयन गरेको थियो । जसको सचिवमा नरबहादुर पौडेल र दामोदर लम्साल, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ, सहसचिवमा सरस्वती बगाले र बोला पाठक हुनुहुन्छ भने अन्य सदस्यहरु छन् ।

त्यस्तैगरी प्रदेश ख मा सभापतिमा हरिबाबु पोख्रेल चयन हुनुभएको छ भने सचिवमा महेश भट्टराई र शालिकराम देवकोटा हुनुहुन्छ । त्यस्तैगरी कोषाध्यक्षमा टिकाराम तिवारी हुनुहुन्छ भने अन्य सदस्यहरु रहेका छन् ।

यो पनि पढ्नुहोस्
नेपाल महिला संघ रामपुरको २६ औँ तीज गीत प्रतियोगिता सम्पन्न

Space for Ads 1200px * 150px
मध्यपहाडी लोकमार्गको पहिरोमा पुरिएर एकजनाको मृत्यु

पर्वत : मध्यपहाडी लोकमार्गमा आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु...

नेपाल: निर्यातमुखी अर्थतन्त्रको आधार बन्दै

आफ्नो निर्यातको करिब चौध गुना धेरै आयात गर्ने देशको...

तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

सुरुङ्गा : सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका...

एक सय ५७ कैदी एकै पटक बिरामी

इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका...

किन टिक्दैन कलाकारको सम्बन्ध ?

नेपाली फिल्म क्षेत्रबाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ,...

हरिनासको बाबुछोरा हत्याकाण्डमा संलग्न मल्ल पक्राउ

स्याङ्जा : स्याङ्जामा कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ परेका छन् ।...

कालीगण्डकी-तिनाउ डाइभर्सनको काम अगाडि बढे प्राकृतिकलाई खतरा

चितवन : संघ सरकारको प्राथमिकताको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यिय आयोजनाको योजनाले प्रदेश...

सकारात्मक परिवर्तन नै विकास हो : नगर प्रमुख खाँण

वालिङ : स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाका नगर...

परीक्षामा सतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सक्ने सात टिप्स

काठमाडौ : परीक्षालाई रमाइलो मान्दै सही तरिकामा परीक्षा दिने विद्यार्थीले शतप्रतिशत...

चापाकोटको गिरमानले कोरियोग्राफर गरेको पशुपतिको ‘कान्छी बुहारी’ सार्वजनिक

काठमाडौँ : चर्चित गायक पशुपति शर्माको ‘कान्छी बुहारी’ बोलको गीत सार्वजनिक...

स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ

स्याङ्जा : स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ परेका छन्...

स्याङ्‍जामा पहिरोले दुई घर भत्किए, ३ परिवार विस्थापित

स्याङ्जा : स्याङ्जामा पहिरोले दुई घर भत्किएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिकामा...

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

स्याङ्जा : एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत...

पर्वतमा नमुना नवजागृतको भवन बनाउन खोज्दा नजिकको वस्ती पहिरोको उच्च जोखिममा

पर्वत, तिलाहार : प्राबिधिक जाँचविना कम्जोर संरचनामा विद्यालय भवन निमार्ण गर्न...

धनराज गुरुङ् आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने तयारी (भिडियोसहित)

बाँकेमा कांग्रेस सभापति किरण कोइरालासहित कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाटै आक्रमण हुनुलाई...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology