Monday 23rd September 2019

विद्यालय शिक्षामा पहुँच विस्तार : गुणस्तरमा अपेक्षाकृत सुधार भएन

काठमाडौँ : मुलुकको विद्यालय शिक्षामा बालबालिकाको पहुँच विस्तार भए पनि गुणस्तरमा भने अझै आशातित सुधार हुन सकेको छैन । शिक्षा क्षेत्रको विकासका लागि विगतमा सबैका लागि शिक्षा, सहस्राब्दी विकास लक्ष्य, विद्यालय क्षेत्र सुधार योजना, आवधिक योजनालगायतका कार्यक्रम र परियोजना कार्यान्वयनमा ल्याइएको थियो । त्यसैको प्रयास स्वरुप शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धि भए पनि अझै आशातित उपलब्धि हासिल हुन नसककोे सरकारकै भनाइ छ ।

त्यसैले सरकारले मुलुकको सार्वजनिक शिक्षाको सबलीकरणलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम मै समावेश गरी विसं २०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय सबलीकरण दशकका रुपमा मनाउने घोषणा गरेको छ । ‘सार्वजनिक विद्यालय सबलीकरण दशक’ शिक्षाको रुपान्तरणमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । प्रमुख सूचकलाई नियाल्दा नेपालको उपलब्धि नेपाल सरहका अन्य देशकसँग तुलनायोग्य रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निष्कर्ष छ ।

शिक्षा दिवसका अबसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तथ्यहरु विश्लेषण गर्दा विद्यालय शिक्षामा पहुँच विस्तार भएको तर गुणस्तरमा अपेक्षाकृत सुधार हुन नसकेको स्वीकार गर्नुभयो । तर पनि कक्षा ५ र कक्षा ८ मा विद्यार्थी टिकाउ दर क्रमश ८९ दशमल छ र ७७ दशमलव नौ प्रतिशत रहनुलाई सरकारले उपलब्धिका रुपमा हेरेको छ ।

“हामी सबैको प्रण, शिक्षा प्रणालीको सबलीकरण” भन्ने नाराका साथ मन्त्रालयले ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाएको छ । यसपटकको दिवसलाई सरकारले शिक्षाको सबलीकरणमा केन्द्रित गरेको थियो । मन्त्री पोखरेलकाअनुसार देशभर विद्यालय र शैक्षिक संस्था उल्लेखनीय रुपमा बढेको छ । सरकारले शिक्षामा पहूँच बढाउने वैकल्पिक र खुला शिक्षाको अवसर प्रदान गर्दै आएको छ ।

अभिभावकको लगानी पहिचान गरी निजी क्षेत्रले नेपालको विद्यालय शिक्षामा २३ प्रतिशत विद्यार्थीलाई सेवा पु¥याएको तथा प्राविधिक, व्यावसायिक र उच्च शिक्षाका क्षेत्रमा पनि निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको सरकारले जनाएको छ । गुणस्तरमापन गर्दा गाउँ र शहरका स्कुल तथा सार्वजनिक र निजी विद्यालयबीच ठूलै खाडल रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले भन्नुभयो, “अब हाम्रो ध्यान खाडल पुर्नेमा केन्द्रित छ, ‘पर्सनल रेट अफ रिटर्न’ र ‘सोसल रेट अफ रिटर्न’ प्राप्त गर्ने गरी शिक्षा प्रणालीलाई अगाडि बढाउनु जरुरी छ ।”

शिक्षाका प्रमुख सूचक
दिवसका अवसरमा सार्वजनिक तथ्याङ्कअनुसार प्रारम्भिक बाल शिक्षामा कूल भर्ना दर ८४ दशमलव सात पुगेको छ । कक्षा एकमा भर्ना हुने बालबालिका ६६ दशमलव नौ रहेको छ । खुद भर्नादर हेर्दा प्राथमिक तह (कक्षा १–५) सम्म ९६ दशमलव नौ प्रतिशत, आधारभूत तह (कक्षा १–८) मा ९२ दशमलव सात प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) मा ४६ दशमल चार प्रतिशत रहेको छ । कक्षा पाँच र कक्षा आठमा टिकाउ दर भने क्रमश ८९ दशमल छ र ७७ दशमलव नौ प्रतिशत रहेको छ ।

प्रारम्भिक बालविकास तथा शिक्षामा नौ लाख ७३ हजार ९०० बालबालिका अध्ययनरत छन् । आधारभूत तथा माध्यमिक तहमा ७२ लाख १४ हजार ५२५ विद्यार्थी छन् । लैङ्गिक समता सूचकाङ्कका आधारमा आधारभूत र माध्यमिक तहमा क्रमश शून्य दशमलव ९८ र एक दशमलव ०१ प्रतिशत छ ।

विद्यालय दोहो¥याउने दर आधारभूत तहको (कक्षा १–५) सम्ममा तीन दशमलव आठ र (कक्षा ६–८) मा चार दशमलव चार तथा माध्यमिक तह (कक्षा ९–१०) मा तीन दशमलव सात प्रतिशत रहेको मन्त्रालयले सार्वजनिक गरेको छ । पछिल्लो तथ्याङ्कमा १५ वर्षमाथिको जनसङ्ख्याको साक्षरता प्रतिशत ५८ र १५–२४ उमेर समूहको साक्षरता दर ८८ दशमलव छ प्रतिशत पुगेको सरकारले जनाएको छ ।

सत्तरी जिल्ला साक्षर बनाइने
मुलुकभर हालसम्म ५१ जिल्ला साक्षर घोषणा भइसकेका छन् । विसं २०७६ लाई साक्षर नेपाल वर्षका रुपमा घोषणा गरिएकाले यसैवर्ष नेपाललाई नै साक्षर बनाउने अभियानमा सरकार लागेको छ । सरकारले यो वर्ष न्यूनतम पनि ७० जिल्ला साक्षर घोषणा गर्ने योजना बनाएको मन्त्री पोखरेलले जानकारी दिनुभयो । उहाँले साक्षर नेपालबाट शिक्षित नेपाली बनाउने योजना अघि बढ्न लागेकाले यसवर्षको भर्ना अभियान ‘सबै बालबालिकालाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षितको देश बनाऔँ’ भन्ने नारा ल्याइएको बताउनुभयो ।

नेपालभित्र उच्च शिक्षा अध्ययन गर्ने विद्यालयका आधारमा भर्ना दर १२ दशमलव चार प्रतशत रहेको र विदेशमा सहित उच्च शिक्षा हासिल गरेका समेतलाई समेट्दा १५ प्रतिशत हुन आउने सरकारले जनाएको छ । मुलुकमा अहिले ११ विश्वविद्यालय र छ वटा चिकित्सा शिक्षासम्बन्धी प्रतिष्ठान स्थापना भई उच्च शिक्षाको सेवा दिइरहेका छन् । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र योगमायाँ आयुर्वेद विश्वविद्यालय स्थापनाको प्रक्रियामा छन् । प्राविधिक तथा व्यावसायिक शिक्षाका क्षेत्रमा काम गर्ने संस्था बढ्दो क्रममा छन् ।

हालसम्म ४५ बहुप्राविधिक शिक्षालय, ३९७ प्राविधिक शिक्षाप्रदायक सामुदायिक विद्यालय, ४२९ निजी लगानीका प्राविधिक शिक्षालय सञ्चालनमा छन् । माध्यमिक शिक्षा (कक्षा ९–१२) मा प्राविधिक र व्यावसायिक शिक्षा कार्यक्रम ४३४ विद्यालयमा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ । शिक्षा क्षेत्रमा सङ्घीय सरकरको लगानी कुल बजेटको १३ प्रतिशत छ । रासस

Space for Ads 1200px * 150px
मध्यपहाडी लोकमार्गको पहिरोमा पुरिएर एकजनाको मृत्यु

पर्वत : मध्यपहाडी लोकमार्गमा आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु...

नेपाल: निर्यातमुखी अर्थतन्त्रको आधार बन्दै

आफ्नो निर्यातको करिब चौध गुना धेरै आयात गर्ने देशको...

तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

सुरुङ्गा : सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका...

एक सय ५७ कैदी एकै पटक बिरामी

इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका...

किन टिक्दैन कलाकारको सम्बन्ध ?

नेपाली फिल्म क्षेत्रबाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ,...

हरिनासको बाबुछोरा हत्याकाण्डमा संलग्न मल्ल पक्राउ

स्याङ्जा : स्याङ्जामा कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ परेका छन् ।...

कालीगण्डकी-तिनाउ डाइभर्सनको काम अगाडि बढे प्राकृतिकलाई खतरा

चितवन : संघ सरकारको प्राथमिकताको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यिय आयोजनाको योजनाले प्रदेश...

सकारात्मक परिवर्तन नै विकास हो : नगर प्रमुख खाँण

वालिङ : स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाका नगर...

परीक्षामा सतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सक्ने सात टिप्स

काठमाडौ : परीक्षालाई रमाइलो मान्दै सही तरिकामा परीक्षा दिने विद्यार्थीले शतप्रतिशत...

चापाकोटको गिरमानले कोरियोग्राफर गरेको पशुपतिको ‘कान्छी बुहारी’ सार्वजनिक

काठमाडौँ : चर्चित गायक पशुपति शर्माको ‘कान्छी बुहारी’ बोलको गीत सार्वजनिक...

स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ

स्याङ्जा : स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ परेका छन्...

स्याङ्‍जामा पहिरोले दुई घर भत्किए, ३ परिवार विस्थापित

स्याङ्जा : स्याङ्जामा पहिरोले दुई घर भत्किएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिकामा...

पर्वतमा नमुना नवजागृतको भवन बनाउन खोज्दा नजिकको वस्ती पहिरोको उच्च जोखिममा

पर्वत, तिलाहार : प्राबिधिक जाँचविना कम्जोर संरचनामा विद्यालय भवन निमार्ण गर्न...

धनराज गुरुङ् आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने तयारी (भिडियोसहित)

बाँकेमा कांग्रेस सभापति किरण कोइरालासहित कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाटै आक्रमण हुनुलाई...

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

स्याङ्जा : एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology