Monday 23rd September 2019

बागलुङका बिदा नहुने स्कुल

बागलुङ : बागलुङका प्रायजसो सामुदायिक विद्यालयहरु विभिन्न चाडपर्व तथा अन्य सरकारी बिदाका दिनहरुमा बन्द हुँदै आएका छन् । तर काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा रहेको धारा माध्यमिक विद्यालय भने त्यस्तो छैन । सरकारी बिदाका दिन पनि विद्यालय संचालन हुन्छ ।

वि।सं। २०६१ सालदेखि सरकारी बिदा कटौती गरेर अन्य सामुदायिक विद्यालयहरुभन्दा बेग्लै किसिमले संचालन हुँदै आएको छ । विद्यालय बिदाको दिनमा पनि संचालन हुन थालेपछि यहाँ अध्ययन गर्ने विद्यालर्थीहरुको पढाईमा सुधारको आएको विद्यालयका प्रधानाध्यापक मित्रदत्त ढकालले जानकारी दिए ।

ढकालले बिदा कटौति गरेर कक्षा संचालन भएदेखि यता एसईई, कक्षा ११ र १२ का विद्यार्थीहरुले उत्कृष्ट नतिजा लिन थालेको बताए । १६ वर्षदेखि सरकाररी बिदा कटौती गरेर विद्यालय संचालन गर्दा सुरु–सुरुमा केही गाह्रो भएको तर पछिल्लो समय खासै समस्या नपरेको ढकालको भनाई छ ।

‘हामीले वि।सं। २०६१ सालदेखि सरकारी बिदा कटौति गरेर संद्यालय संचालन गर्दै आइरहेका छौँ,’ प्रअ ढकालले भने ‘सुरु–सुरुमा विद्यार्थीहरु आउँदैनथे, अभिभावकहरुले पनि टिकाटिप्णी गर्नुभएको थियो, अहिले सबै विद्यार्थी आउँछन्, नियम जस्तै भएको छ ।’

प्रअ ढकालले बिदा कटौती गरेदेखि विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा वृद्धि भएको बताउँदै यसबाट विद्यालयले राम्रो प्रतिफल प्राप्त गरेको दाबी गरे । उनले पछिल्लो समय स्थानीय समुदायदेखि विभिन्न व्यक्तिहरुबाट सहयोग मिल्दै गएको बताए ।

ढकालले यसरी विद्यालय संचालन गर्नमा शिक्षकहरुको ठूलो भूमिका भएको बताउँदै शिक्षकहरुको लागि विद्यालयले दुर्घटना बीमा समेत गरिदिएको जानकारी दिए । शिक्षकहरुले अपरझट काममा बाहेक बिदा नलिने गरेको उनको भनाई छ ।

विद्यालय शनिबार बाहेक दशैँमा ५ दिन र तिहारमा ३ दिन बिदा हुने गरेको छ ।

Space for Ads 1200px * 150px
मध्यपहाडी लोकमार्गको पहिरोमा पुरिएर एकजनाको मृत्यु

पर्वत : मध्यपहाडी लोकमार्गमा आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु...

नेपाल: निर्यातमुखी अर्थतन्त्रको आधार बन्दै

आफ्नो निर्यातको करिब चौध गुना धेरै आयात गर्ने देशको...

तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

सुरुङ्गा : सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका...

एक सय ५७ कैदी एकै पटक बिरामी

इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका...

किन टिक्दैन कलाकारको सम्बन्ध ?

नेपाली फिल्म क्षेत्रबाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ,...

हरिनासको बाबुछोरा हत्याकाण्डमा संलग्न मल्ल पक्राउ

स्याङ्जा : स्याङ्जामा कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ परेका छन् ।...

सकारात्मक परिवर्तन नै विकास हो : नगर प्रमुख खाँण

वालिङ : स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाका नगर...

कालीगण्डकी-तिनाउ डाइभर्सनको काम अगाडि बढे प्राकृतिकलाई खतरा

चितवन : संघ सरकारको प्राथमिकताको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यिय आयोजनाको योजनाले प्रदेश...

परीक्षामा सतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सक्ने सात टिप्स

काठमाडौ : परीक्षालाई रमाइलो मान्दै सही तरिकामा परीक्षा दिने विद्यार्थीले शतप्रतिशत...

चापाकोटको गिरमानले कोरियोग्राफर गरेको पशुपतिको ‘कान्छी बुहारी’ सार्वजनिक

काठमाडौँ : चर्चित गायक पशुपति शर्माको ‘कान्छी बुहारी’ बोलको गीत सार्वजनिक...

स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ

स्याङ्जा : स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ परेका छन्...

स्याङ्‍जामा पहिरोले दुई घर भत्किए, ३ परिवार विस्थापित

स्याङ्जा : स्याङ्जामा पहिरोले दुई घर भत्किएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिकामा...

धनराज गुरुङ् आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने तयारी (भिडियोसहित)

बाँकेमा कांग्रेस सभापति किरण कोइरालासहित कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाटै आक्रमण हुनुलाई...

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

स्याङ्जा : एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत...

पर्वतमा नमुना नवजागृतको भवन बनाउन खोज्दा नजिकको वस्ती पहिरोको उच्च जोखिममा

पर्वत, तिलाहार : प्राबिधिक जाँचविना कम्जोर संरचनामा विद्यालय भवन निमार्ण गर्न...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology