Monday 23rd September 2019

कम्युनिष्टले पक्षपातको शासन गरेका छन् :  नेता पौडेल

कास्की : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले पक्षपात र भेदभावको शासन गरेको बताउनुभएको छ । पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भमा आज पोखरामा उहाँले पक्षपातपूर्ण ढङ्गले आफ्ना कार्यकर्तालाई पोस्ने गरी बजेट विनियोजन गरिएको र विपक्षी पार्टीलगायत अन्यलाई वामपन्थीले थिचोमिचो गरेको बताउनुभयो ।

दुईतिहाइ मतसहितको सरकारले मतको सदुपयोग गरेर जनतामा उत्साह ल्याउन नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिले देशमा निराशाको बादल छाएको छ । कम्युनिष्टको शासन हेरेर जनतामा असन्तोष फैलिएको छ । सरकार असफल भइसकेको छ ।”

डेङ्गुले देशका अस्पताल भरिँदासमेत सरकारले विशेषज्ञसहितको स्वास्थ्य सेवामार्फत रोग नियन्त्रण गर्ने काम गर्न नसकेको नेता पौडेलले उल्लेख गर्नुभयो । बिपीको आचरण र विचारलाई बुझेर कार्यकर्ताले अनुसरण गर्नुपर्ने बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “वास्तवमा बिपीले ठूलो कुरा गर्नु भएन । सबै नेपाली समान र बराबर हुन् र दुनियाँमा कोही सानो ठूलो छैन भन्नुभएको छ । उहाँको विचारको अनुसरण गर्नु आवश्यक छ ।”

कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा पार्टीले उठाएको उम्मेदवारलाई भोट हाल्न कार्यकर्तालाई निर्देशन दिँदै उहाँले काङ्ग्रेस हूँ भन्नेले रूखमा भोट दिए जीत सुनिश्चित हुने बताउनुभयो ।

पार्टीका केन्द्रीय प्रतिनिधि धुव्र वाग्लेले पार्टीमा नैतिकवान् र पारदर्शी नेताको खाँचो रहेको औँल्याउँदै केन्द्रमा बस्ने नेता नबदलिएसम्म पार्टी बलियो नहुने उल्लेख गर्नुभयो । अर्का केन्द्रीय प्रतिनिधि हरिप्रसाद श्रेष्ठले उपनिर्वाचनलाई पार्टीले जनमत सङ्ग्रहका रूपमा लिएको बताउँदै चुनाव पार्टीका लागि जीवनमरणको सवाल रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य विन्दादेवी राना, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, कास्की पार्टीका कार्यवाहक सभापति आइबहादुर गुरुङ, क्षेत्रीय सभापतिहरु विजयराज बाँस्तोला, दीपेन्द्र मरासिनी, क्षेत्रीय सचिव शङ्कर बाँस्तोला लगायतले उपनिर्वाचनमा पार्टीले जित्ने गरी केन्द्रदेखि जिल्लास्तरीय नेता परिचालित हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले वृक्षरोपण गर्नुभएको थियो । काङ्ग्रेसको दोस्रो चरणको जनजागरण अभियान असोज ७ गतेसम्म जारी रहनेछ ।

Space for Ads 1200px * 150px
मध्यपहाडी लोकमार्गको पहिरोमा पुरिएर एकजनाको मृत्यु

पर्वत : मध्यपहाडी लोकमार्गमा आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु...

नेपाल: निर्यातमुखी अर्थतन्त्रको आधार बन्दै

आफ्नो निर्यातको करिब चौध गुना धेरै आयात गर्ने देशको...

तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

सुरुङ्गा : सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका...

एक सय ५७ कैदी एकै पटक बिरामी

इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका...

किन टिक्दैन कलाकारको सम्बन्ध ?

नेपाली फिल्म क्षेत्रबाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ,...

हरिनासको बाबुछोरा हत्याकाण्डमा संलग्न मल्ल पक्राउ

स्याङ्जा : स्याङ्जामा कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ परेका छन् ।...

कालीगण्डकी-तिनाउ डाइभर्सनको काम अगाडि बढे प्राकृतिकलाई खतरा

चितवन : संघ सरकारको प्राथमिकताको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यिय आयोजनाको योजनाले प्रदेश...

सकारात्मक परिवर्तन नै विकास हो : नगर प्रमुख खाँण

वालिङ : स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाका नगर...

परीक्षामा सतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सक्ने सात टिप्स

काठमाडौ : परीक्षालाई रमाइलो मान्दै सही तरिकामा परीक्षा दिने विद्यार्थीले शतप्रतिशत...

चापाकोटको गिरमानले कोरियोग्राफर गरेको पशुपतिको ‘कान्छी बुहारी’ सार्वजनिक

काठमाडौँ : चर्चित गायक पशुपति शर्माको ‘कान्छी बुहारी’ बोलको गीत सार्वजनिक...

स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ

स्याङ्जा : स्याङ्जामा फरार प्रतिवादी रेग्मी २० वर्षपछि पक्राउ परेका छन्...

स्याङ्‍जामा पहिरोले दुई घर भत्किए, ३ परिवार विस्थापित

स्याङ्जा : स्याङ्जामा पहिरोले दुई घर भत्किएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिकामा...

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

स्याङ्जा : एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत...

पर्वतमा नमुना नवजागृतको भवन बनाउन खोज्दा नजिकको वस्ती पहिरोको उच्च जोखिममा

पर्वत, तिलाहार : प्राबिधिक जाँचविना कम्जोर संरचनामा विद्यालय भवन निमार्ण गर्न...

धनराज गुरुङ् आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने तयारी (भिडियोसहित)

बाँकेमा कांग्रेस सभापति किरण कोइरालासहित कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाटै आक्रमण हुनुलाई...

© copyright 2019 and all right reserved kaligandakikhabar.com   Site by |  SobizTrend Technology